काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् । गत शनिबार सो स्थानमा तीन जना मृतावस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मंगलबार एक जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिले हत्या स्वीकार गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती व्यक्ति नियमित रूपमा फोहरमैला प्रशोधन केन्द्र जाने गरेको बताइएको छ ।
मृतकहरूमा शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरकी ५८ वर्षीया देउमाया थापाको पहिचान खुलेको छ । अर्का एक जनाको पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
