वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत जिल्ला पर्सा, पकाहाँमैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सीमा सुरक्षा गुल्म मुख्यालयमा सञ्चालन गरेको सातदिने केश कर्तक तालिम आइतबार गते सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, सीमा सहजीकरण समिति सदस्य तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
