काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसुर (चेक अनादर) मुद्दामा फरार रहेका अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको छ। मनसरी घलेसमेतको जाहेरीका आधारमा पक्राउ परेका शाही अछाम घर भई काठमाडौं बस्दै आएका थिए।
प्रहरीका अनुसार शाहीविरुद्ध विभिन्न मितिमा ठगी, बैंकिङ कसुर र वैदेशिक रोजगारी ठगीलगायत मुद्दा दर्ता छन्। यसअघि पनि उनी जेन्जी भन्दै सरकारी कार्यालयमा धम्क्याएको आरोपमा पक्राउ परेका थिए। शाही हाल ‘जेन्जी रिभोलुसन नेपाल’का संयोजक हुन्।
