• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेशको स्वास्थ्य क्षेत्रमा बेथिति: तीन वर्षदेखि लोकसेवा ठप्प, करारको भरमा अस्पताल

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ११, शुक्रबार ०८:४६
मधेशको स्वास्थ्य क्षेत्रमा बेथिति: तीन वर्षदेखि लोकसेवा ठप्प, करारको भरमा अस्पताल
14
SHARES
150
VIEWS

जनकपुरधाम । मधेश प्रदेश सरकारको चरम लापरवाहीका कारण विगत तीन वर्षदेखि स्वास्थ्य सेवातर्फका स्थायी पदहरूको विज्ञापन रोकिएको छ। प्रदेश लोकसेवा आयोगले रिक्त दरबन्दीको माग नआएका कारण विज्ञापन खोल्न नसकिएको बताएपछि प्रदेशको स्वास्थ्य प्रणाली करार र ज्यालादारी कर्मचारीको भरमा थला परेको रहस्य खुलेको हो।

गत २८ मंसिरमा स्वास्थ्य क्षेत्रका करिब ३० जना विद्यार्थीले विज्ञापन नखुलेको विरोधमा लोकसेवा आयोग र मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाएपछि यो विषय सतहमा आएको छ।

ADVERTISEMENT

लोकसेवा भन्छ: “माग नै आएन”

प्रदेश लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवले आफूले कार्यभार सम्हालेको १५ महिनामा स्वास्थ्य मन्त्रालयबाट कुनै पनि ‘माग आकृति फारम’ प्राप्त नभएको स्पष्ट पारेका छन्। आयोगले गत साउनमै रिक्त दरबन्दीको विवरण पठाउन पत्राचार गरे पनि मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। “विद्यार्थीको गुनासो जायज छ, तर मन्त्रालयले माग नै नपठाएपछि हामीले विज्ञापन कहाँबाट गर्ने?” यादवले प्रश्न गरे।

अस्पतालको बिजोग: ७३५ कर्मचारी चाहिने ठाउँमा ८० जना मात्र स्थायी

प्रदेशका सरकारी अस्पतालहरू दक्ष जनशक्तिको अभावमा ‘रेफर सेन्टर’ मा परिणत भएका छन्। ३०० बेडको जनकपुर प्रादेशिक अस्पतालमा संघीय मापदण्ड अनुसार ७३५ कर्मचारी हुनुपर्नेमा हाल ४०० जना मात्र कार्यरत छन्। तीमध्ये स्थायी दरबन्दीका कर्मचारीको संख्या ८० मात्र छ। बाँकी सबै करार, ज्यालादारी र डोर हाजिरीका कर्मचारी हुन्।

जनकपुरबाहेक जलेश्वर, सिरहा, लहान, मलंगवा, गौर र कलैया अस्पतालहरूको अवस्था पनि उस्तै छ। १५ बेडबाट १०० देखि १५० बेडमा स्तरोन्नति भए पनि दरबन्दी भने १५ बेडकै पुरानो संरचनामा खुम्चिएको छ।

ओएनएम (O&M) मा खेलबाड र करारको मोह

स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) नगरेका कारण स्थायी पदपूर्ति प्रक्रिया अन्योलमा परेको हो। गत आर्थिक वर्षमा यसका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिए पनि कर्मचारीको उदासिनताले खर्च हुन सकेन। चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ मात्र छुट्याइएको छ।

मन्त्रालयले ओएनएम नहुनुमा सचिवहरूको छिटो-छिटो सरुवा र मुख्यमन्त्री कार्यालयको ढिलाइलाई दोष दिएको छ। तर, जानकारहरू भने स्थायी भर्ना नगरी आफ्ना नातागोता र राजनीतिक कार्यकर्तालाई करारमा नियुक्त गर्न र आर्थिक चलखेल गर्न जानाजानी लोकसेवाको बाटो बन्द गरिएको आरोप लगाउँछन्।

जनतालाई सास्ती

स्थायी चिकित्सक र प्राविधिक कर्मचारी नहुँदा ग्रामीण क्षेत्रका अस्पताल मात्र होइन, प्रादेशिक अस्पतालकै सेवा प्रवाह समेत प्रभावित भएको छ। एकातिर हजारौं योग्य विद्यार्थी लोकसेवाको परीक्षा कुरेर बसेका छन् भने अर्कोतिर सरकारी अस्पतालहरू अदक्ष र अस्थायी जनशक्तिको भरमा जेनतेन चलिरहेका छन्।

Previous Post

वीरगन्ज उद्योग वाणिज्यसंघको पहलमा विभिन्न औद्योगिक प्रतिष्ठानद्वारा न्यानो कम्बल हस्तान्तरण

Next Post

दुई महिनादेखि २० प्रहरी कर्मचारी बेपत्ता, सात दिनभित्र उपस्थित नभए जागिर जाने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In