काठमाडौँ । आगामी निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूसँग महत्वपूर्ण छलफल गर्दैछ।
दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त बैठकमा निर्वाचन आयुक्तहरू, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका सरोकारवालाहरूको सहभागिता रहनेछ। छलफलमा निर्वाचनको हालसम्मको तयारी, देखिएका चुनौती र निर्वाचनलाई निष्पक्ष, स्वच्छ एवं विश्वसनीय बनाउने उपायहरूका बारेमा विस्तृत समीक्षा हुनेछ।
आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयन र दलहरूको सुझाव लिने उद्देश्यले यो संयुक्त बैठक आयोजना गरेको हो।
