काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली ले आफूलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै ११औँ महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवारी नदिने घोषणा गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्षमा अघि सारिएको भए पनि उनले सोमबार (मंसिर २९) अपराह्न सवा ४ बजेसम्म मनोनयन दर्ता गराएनन्।
उमेदवारी नदिने निर्णयसँगै रुष्ट बनेका ज्ञवाली काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलबाट बाहिरिएका छन्। यसपटक उनी महासचिव पदका दाबेदार हुन्। ज्ञवाली १०औँ महाधिवेशनबाट उपमहासचिव बनेका थिए।
