वीरगंज । वीरगंज महानगरपालिकाले आइतबार बिहान वीरगंज घण्टाघर नजिक रहेको बीपी उद्यान क्षेत्रमा डोजर प्रयोग गरी अस्थायी संरचना हटाउने कार्य सुरु गरेको छ।
नगर प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षामा गरिएको यो अभियान सार्वजनिक स्थल संरक्षण र सहरी व्यवस्थापनका लागि गरिएको महानगरपालिकाले जनाएको छ। हालसम्म कुनै अप्रिय घटना नभएको र स्थिति नियन्त्रणमा रहेको छ।
महानगरपालिकाले बीपी उद्यानलाई व्यवस्थित र सुरक्षित सार्वजनिक स्थलका रूपमा विकास गर्ने जनाएको छ।
