• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाल प्रिमियर लिग : आज दुई रोमाञ्चक भिडन्त, अपराजित टोलीलाई चुनौती

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर ८, सोमबार ०८:१४
नेपाल प्रिमियर लिग : आज दुई रोमाञ्चक भिडन्त, अपराजित टोलीलाई चुनौती
1
SHARES
7
VIEWS

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुँदैछन्। आज हुने खेलहरूमा अपराजित टोलीहरू आफ्नो विजयी यात्रा कायम राख्ने दाउमा छन् भने पराजित टोलीहरू पुनरागमन गर्ने लक्ष्यमा मैदानमा उत्रिनेछन्।

दिनको पहिलो खेल बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स लगातार तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ। विराटनगरले यसअघि पोखरा एभेन्जर्स र काठमाडौंँ गोर्खाजलाई पराजित गरिसकेको छ।

ADVERTISEMENT

अनिल साहको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले भने पहिलो खेलमै काठमाडौंं गोर्खाजसँग ५ विकेटले पराजित भएपछि लय समात्न चुनौती छ। जनकपुरलाई उपाधि दावेदारी प्रस्तुत गर्न आजको खेल जित्नै पर्ने दबाब छ।

गत संस्करणको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटको सहज जित निकालेको थियो, जसको बदला दिने सोच विराटनगरको रहेको छ।

त्यस्तै दोस्रो खेल अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स यस संस्करणमा अपराजित यात्रालाई निरन्तरता दिँदै गत संस्करणको फाइनलमा स्तब्ध बनेको पीडा बिर्साउने दाउमा छ।

सोमपाल कामी नेतृत्वको कर्णाली याक्सले पहिलो खेलमा चितवन राइनोजसँग पराजित भए पनि शनिबार लुम्बिनी लायन्सलाई ९ विकेटको रवाफिलो जित निकाल्दै उत्कृष्ट पुनरागमन गरिसकेको छ।

उक्त जितमा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेलेका थिए। गत संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो र कर्णाली उक्त हार दोहोर्‍याउन चाहँदैन।

गत संस्करणमा रनरेटमाथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको खोजीमा छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको यो प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ।

Previous Post

नेपालका लक्ष्मणदत्त पन्त ग्लोबल फोरम फर मिडिया डेभलपमेन्टको उपाध्यक्षमा निर्वाचित

Next Post

भारतीय रेलको ‘रिस्ट्रिक्सन’ले नेपाली कार्गो ढुवानीमा गम्भीर समस्या

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In