वीरगंज । सशस्त्र प्रहरी बल, नेपालले पर्साको जगरनाथपुर गाउँपालिका–१ बिसनपुर्वाबाट करिब १० केजी अवैध लागुऔषध (गाँजा) बरामद गरेको छ।
मंगलबार बिहान २०८२ मंसिर १ गते बिहान ९:५० बजे पिडारीगुठ स्थित सशस्त्र प्रहरी बल BOP बाट खटिएको गस्ती टोलीले गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि उही दिन दिउँसो १४:१५ बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनासम्बन्धी जानकारी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सप्रनाउ विश्वराज योन्जनले दिएका हुन्।
