• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, April 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपालको वित्तीय अवस्थामा ठूलो चुनौती: सञ्चित कोष झण्डै २ खर्बले ऋणात्मक

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक १४, शुक्रबार १९:०३
नेपालको वित्तीय अवस्थामा ठूलो चुनौती: सञ्चित कोष झण्डै २ खर्बले ऋणात्मक
2
SHARES
25
VIEWS

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको वित्तीय विवरण तथा प्रतिवेदनहरू शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले कानुनले तोकेको समयसीमाभित्रै प्रतिवेदनहरू अर्थमन्त्रीसमक्ष पेश गरेका हुन्।

सञ्चित कोष ऋणात्मक, नगद स्थिति पनि नकारात्मक पेश गरिएको प्रतिवेदनमा नेपाल सरकारको वित्तीय अवस्थामा ठूलो चुनौती देखिएको छ। महालेखाको प्रतिवेदनअनुसार नेपाल सरकारको सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख ले ऋणात्मक देखिएको छ। यसले सरकारको आम्दानीको तुलनामा खर्चको भार बढी भएको देखाउँछ।

ADVERTISEMENT

यसैगरी, सरकारको नगद अवस्था समेत रु ३१ अर्ब ३४ करोड ६१ लाख ले ऋणात्मक रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कोषहरूको मौज्दातले दियो राहत यद्यपि, सबै विवरण नकारात्मक छैनन्। महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता तथा सहमहालेखा नियन्त्रक दिपक लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, विभिन्न कोषहरूको मौज्दात र एक्स्ट्रा बजेटरी निकायहरूको बाँकी मौज्दात रकमलाई समावेश गर्दा नगद तथा बैंक मौज्दात भने रु ६५ अर्ब ८१ करोड २६ लाख ले धनात्मक रहेको छ।

कानूनबमोजिम तयार पारिएको विवरण महालेखा नियन्त्रक कार्यालयले यी विवरणहरू ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली, २०७७’ बमोजिम तयार पारी निर्धारित समयभित्रै पेश गरिएको स्पष्ट पारेको छ।

अर्थमन्त्री खनाललाई केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन, र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण बुझाइएको हो।

यस्तै, केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण र नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा समेत पेश गरिएको छ। यसले अब सरकारको समग्र वित्तीय लेखाजोखामाथि महालेखा परीक्षकको कार्यालयबाट परीक्षण हुने बाटो खुलेको छ।

Previous Post

पत्रकारमाथि ज्यान मार्ने धम्की र घर तोडफोड घटनाको प्रेस सेन्टर नेपालद्वारा गम्भीर ध्यानाकर्षण

Next Post

नेपालकै पहिलो रोट्र्याक्ट क्लबको ऐतिहासिक “प्रथम अध्यक्ष–सचिव भेला” बिरगंजमा सम्पन्न

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In