कोल्हवी । बारामा सर्पको डसाईबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर–२, बगेवा निवासी चन्द्रकला चौधरीको सर्पको डसाइबाट ज्यान गएको हो।
बुधबार बिहान घरमै बसिरहेको बेला सर्पले टोकेपछि चौधरीलाई तत्कालै उपचारका लागि कोल्हबी अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो। सर्पको डसाईबाट उनको ज्यान गएको दुखद घटनाले स्थानीय समुदायमा गहिरो शोक छाएको छ।
इलाका प्रहरी कार्यालय, कोल्हबीले घटनाको पुष्टि गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। बर्षाको समयमा सर्पको डसाईबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
घर वरिपरी भएका झाडीहरु सफा गर्ने, सर्प बस्ने प्वालहरु बन्द गर्ने तथा सुत्ने बेलामा झुल लगाएर मात्रै सुत्ने गर्न प्रहरीले सर्वसाधरणलाई अनुरोध समेत ग रेको छ ।
साथै सर्पले डसेको थाहा पाएमा गाउँमा झरफुको भर नपर्न र तत्काल अस्पताल पु¥याउन पनि आग्रह गरेको छ ।