हेटौंडा । संसदीय दलको निर्वाचनमा पराजित भएपनि राजिनामा नदिने अडानमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्।
आइतबार पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेलगत्तै प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजिनामा बुझाउने जिम्मा लगाएर काठमाडौं प्रस्थान गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाउने उनल जानकारी दिएका छन्।
प्रदेश प्रमुख दीपक देवकोटा स्वास्थ्य उपचारका कारण अस्पतालमा भएकाले राजीनामा बुझाउने कार्य एक दिन पछि सारिएको हो। मुख्यमन्त्री लामाले भने, ‘मैले राजीनामा पत्रमा हस्ताक्षर गरी सार्वजनिक घोषणा गरिसकेको छु।
प्रदेश प्रमुखज्यू उपचारबाट डिस्चार्ज भएकाले भोलि भेटेर दिने वा कार्यालयमा दर्ता गरेर बुझाउन प्रमुख स्वकीय सचिवलाई निर्देशन दिएको छु।’ गत २०८१ साउन ९ गते मुख्यमन्त्री बनेका लामाले करिब एक वर्ष सरकारको नेतृत्व गरे।
हालै नेपाली कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन्।
लामाले राजिनामा नदिएको भए बागमती प्रदेश सरकार संवैधानिक रुपमा संकटमा पर्ने थियो । तर, शेर बहादुर देउवाको निर्देशनमा लामा राजिनामा दिन तयार भएका हुन् ।

