वीरगन्ज । नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/८२ को असार महिनामा फैसला कार्यान्वयन अभियान अन्तर्गत २ हजार ६ सय ३५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतबाट तोकिएको ११ करोड ५१ लाख १८ हजार ९ सय ९१ रुपैयाँ जरिवाना असुल गरेको छ।
यस अवधिमा ७ सय १६ वर्ष, ८ महिना र ० दिन कैद पनि असुल गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको विवरणअनुसार, कोशी प्रदेशबाट सर्वाधिक १ हजार ५ सय ५३ जना पक्राउ परेका छन् भने काठमाडौं उपत्यकाबाट ५ सय ५४ जना पक्राउ भई ५ करोड १० लाख ७० हजार १ सय ३१ रुपैयाँ जरिवाना असुल भएको छ, जुन हालसम्मकै उच्च हो।
यसैगरी, लुम्बिनी प्रदेशबाट ३४४ जना, मधेश प्रदेशबाट ६२९ जना, कर्णाली प्रदेशबाट १०० जना, बागमती प्रदेशबाट १९३ जना, सुदूरपश्चिम प्रदेशबाट ९१ जना र गण्डकी प्रदेशबाट १५७ जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले पनि १४ जना फरार प्रतिवादीलाई पक्राउ गरी १ करोड ९१ लाख ३ हजार ६ सय ३३ रुपैयाँ जरिवाना असुल गरेको छ।