वीरगन्ज । नेकपा (माओवादी केन्द्र) पर्साले कम्युनिष्ट नेता कैलाश यादव (मुखियाज्यू) को सम्झनामा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ । पार्टीका जिल्ला सचिवालय सदस्य एवं यादवका सुपुत्र प्रभु यादवको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथिमा नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य बाबुराम कौशिक रहेका थिए ।
उनले कम्युनिष्ट नेता कैलाश यादवले दिएको योगदानको विषयमा स्मरण गरे । कार्यक्रममा विशिष्ट अतिथिमा निवर्तमान जिल्ला संयोजक रामदरस कुशवाहा, अनेम संघकी जिल्ला अध्यक्ष हीरा भट्टराई, वाइसिएल नेपालका जिल्ला अध्यक्ष दीपेन्द्र सिंह पटेल र वरिष्ठ उपाध्यक्ष शिवशंकर गुप्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सलाम अन्सारीले गरेका थिए । सभामा उपस्थित सबैले स्वर्गीय कैलाश यादवप्रति श्रद्धासुमन अर्पण गर्दै कैलाश यादवले पार्टी र समाजका लागि पु¥याएको योगदानको स्मरण गरेका थिए। वक्ताहरूले यादवको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउँदै उहाँको आदर्शलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।