वीरगन्ज । वीरगन्जमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकारले रक्तसञ्चार केन्द्र वीरगन्जलाई एउटा (वातानुकुलन एसी हस्तन्तरण गरेका छन् ।
विश्व रक्तदाता दिवसको उपलक्ष्यमा ब्लड डोनर्स एसोसिएसन नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष स्वर्णकारले नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई शीतलता प्रदान गर्नका लागि एक थान एयर कन्डिसनर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोही प्रतिबद्धता अनुसार सोमबार एसी हस्तान्तरण गरेको रेडक्रस सोसाईटी पर्सा शाखाले जनाएको छ । यसैगरी, बहुदरमाई नगरपालिकाले आफ्ना नगरभित्रका बिरामीहरूलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि १ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ। बहुदरमाई नगरपालिकाले गरेको आर्थिक सहयोगले नगरभित्रका विपन्न बिरामीहरूले निःशुल्क रगत प्राप्त गर्न सक्नेछन्, जसले गर्दा उनीहरूको उपचारमा ठूलो सहयोग पुग्नेछ।
यी सहयोगहरूले वीरगन्ज र आसपासका क्षेत्रमा रगतको आवश्यकता पूरा गर्न तथा रक्तदाताहरूलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यस्तो पुण्य कामका लागि ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले वीरगन्ज महानगरपालिका वडा नं. ३ र बहुदरमाई नगरपालिका लगायत अन्य सबै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, संस्थाले अन्य परोपकारी हातहरूलाई पनि यस्ता मानवीय कार्यहरूमा सहयोग गर्नका लागि अपिल गरेको छ।