लालबन्दी। उद्योग वाणिज्य संघ लालबन्दीको निर्वाचनमा सम्पूर्ण २१ वटै पदमा निर्विरोध नेतृत्व चयन भएको छ। निर्वाचन समिति २०८२ ले घोषणा गरेको नतिजा अनुसार प्रत्येक पदमा एक मात्र उम्मेदवारको दरखास्त परेको र कुनै पनि दावी विरोध नआएकोले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।
संघको अध्यक्ष पदमा महेश कुमार महतो निर्विरोध निर्वाचित भएका छन्। यस्तै, राम प्रसाद देवकोटा वरिष्ठ उपाध्यक्षमा, विशाल थापा उपाध्यक्ष (उद्योग तर्फ) र राज कुमार चौधरी उपाध्यक्ष (वाणिज्य तर्फ) निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिका संयोजक कल्याण जोशीले दिएको जानकारीअनुसार, मंगलबार बसेको निर्वाचन समितिको बैठकले यो निर्णय गरेको हो। जेठ २४ गते प्रकाशन भएको निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएपछि यो नतिजा आएको हो।
अन्य निर्विरोध निर्वाचित पदाधिकारीहरू:
- महासचिव: गोपाल बहादुर श्रेष्ठ
- उप–महासचिव: संजित शंकर
- सचिव: कमला कुमारी थापा
- कोषाध्यक्ष: बिक्रम खड्का
- सह–कोषाध्यक्ष: सुधिर कुमार गुप्ता
कार्यसमिति सदस्यहरू:
- देवकला कुमारी
- ओम कुमारी थापा
- रेबिका बि.क.
- बर्षा कुमारी लामा
- बिमलेस साह
- दिलिप कुमार पाठक
- पदम प्रसाद घिमिरे
- कृष्ण बछार
- आलोक कुमार कुशवाहा
- किरण घिमिरे
- मनोज श्रेष्ठ
- कृष्ण कुमार खड्का



