वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्सामा मातहतका प्रहरी इकाई प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले समसामयिक परिस्थितिको विश्लेषण गर्नुका साथै विभागिय नीति निर्देशनको कडाइका साथ पालना गर्न निर्देशन दिए ।
छलफलका क्रममा सुदृढ प्रहरी सेवा प्रवाह, जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
यसैगरी, भन्सार छली, चोरी निकासी र पैठारी नियन्त्रण र विपद् व्यवस्थापनका लागि आवश्यक रणनीति र योजनाबारे पनि प्रहरी उपरीक्षक मिश्रले मातहतका प्रमुखहरूलाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो मासिक बैठकले जिल्लामा प्रहरीको काम कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।