भैरहवा । मानव तस्करले बालबालिकालाई भारतसम्म लैजान नयाँ तरिका अपनाएको पाइएको छ। उनीहरूले बालबालिकालाई होटल तथा घर कामदारका रूपमा वा भारतका बौद्ध गुम्बाहरूमा अध्ययनका लागि लैजाने बहाना बनाउँछन्।
हालै, नुवाकोट जिल्लाका ढक्पा जमयाङ लामा र काभ्रेपलान्चोक जिल्लाका केल्साङ तामाङले सरकारी कागजात बिना १९ जना नेपाली नाबालकलाई भारतका विभिन्न बौद्ध गुम्बामा अध्ययनका लागि लैजाँदै गर्दा यो रहस्य बाहिरिएको हो। रूपन्देही जिल्लाको बेलहिया सिमानाकामा शंकास्पद लागेपछि सोधपुछ गर्दा उनीहरूलाई सीमामा रोकी घर पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भन्दै अभिभावक बिना लगिएका ती नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार विरुद्ध भारतमा क्रियाशील संस्था ‘किन इन्डिया’ र भारतीय एसएसबीको पहलमा उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार, बसमा चढाएर भैरहवा नाकासम्म ल्याइएका ती बालकहरूलाई नेपाल र भारतबीचको दशगजा सिमानाबाट उद्धार गरिएको थियो।
अभिभावक बिना अध्ययनका लागि बालबालिकालाई विदेश लैजान पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरिएको र आवश्यक कागजात नभएपछि बालकहरू जोखिममा पर्ने सम्भावना देखिएकाले नेपाल-भारतका गैरसरकारी संघसंस्था, नेपाल-भारतका सुरक्षा निकायको सहयोगमा बालबालिकाको उद्धार गरिएको डीएसपी कार्कीले बताए।
शुभ अवसर ग्राम नेपाल भैरहवा शाखाका संयोजक सत्य नारायण यादवका अनुसार, नेपाली केही बालकलाई पढाउने भनेर गैरकानुनी रूपमा बसबाट भारततर्फ लैजाँदै गरिएको जानकारी प्राप्त हुनासाथ तत्कालै भारतीय सुरक्षा निकाय एसएसबीसँग सहकार्य गरी विभिन्न संस्था र नेपाल प्रहरीको सहकार्यमा उनीहरूको उद्धार गरिएको थियो। अभिभावकसँग अध्ययन गर्न लैजाने सहमति गरेको तर बीचमा कतै हराएमा वा कतै गएमा जिम्मेवार नरहने उल्लेख गरेको र सरकारी संयन्त्रसँग कुनै सहमति नहुनु आफैमा उच्च जोखिममा हुने संयोजक यादव बताउँछन्।
अभिभावक बिना कुनै पनि बालकलाई एक अर्को देशमा लैजानु पर्दा सरकारी स्तरबाटै कागजात हुनुपर्ने प्रावधान रहेको तर कुनै कागजात नभएका कारण शंकास्पद रहेको यादवले बताए। उद्धार गरिएका ती बालक सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाका छन् र उनीहरूको उमेर १० देखि १६ वर्षसम्म रहेको छ। सिमानाबाट उनीहरूलाई फर्काएर एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले बालकहरूलाई सम्बन्धित अभिभावकको जिम्मामा घर पठाउने तयारी गरिएको र हाल बाल हेल्प लाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए। डीएसपी कार्कीले भने, ‘उनीहरूलाई गुम्बामा पढाउने भनेर अभिभावकसँग सहमति गरेर भारत लगिएको रहेछ, तर प्रक्रिया नपुर्याइ लगिएकाले बालकहरूलाई अभिभावक समक्ष पुग्ने व्यवस्था मिलाउँदै छौं।’ विभिन्न जिल्लाका बालकहरू लैजाँदै गर्दा कुनै सरकारी कागजात नभएको र शंकास्पद लागेकाले बालकलाई फर्काइएको डीएसपी कार्कीले बताए।
ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।
यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३