कैलाली । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा खगराज भट्ट फर्किएका छन्। बिहीबार पार्टीका शीर्ष नेताहरूको ‘दबाब’ मा उनी १६ महिनापछि दलको नेतामा पुनः नियुक्त भएका हुन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दबहादुर पुन, महासचिव देव गुरुङलगायतका नेताको उपस्थितिमा भट्टलाई दलको नेता चयन गरियो।
माओवादीमा लामो समयदेखि सक्रिय भट्ट एकताका सुदूरपश्चिमको सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा थिए। तर, पार्टीभित्रको गुटगत लडाइँका कारण बीचमा उनलाई दलको नेताबाट हटाइएको थियो। २ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेतामा चयन गरेको थियो।