वीरगञ्ज । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी माईस्थान उपशाखाले माईस्थानमा दीप प्रज्वलन गरी संस्थापक जा हेनरी ड्युनालाई स्मरण गरेको छ।
उपशाखाका सभापति डा. प्रमोद सरार्फको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका उपसभापति मधु राणाले ड्युनाको तस्वीरमा फूलमाला अर्पण गरी कार्यक्रमको शुभारम्भ गरेकी थिईन् । ड्युनाको तस्वीरमा मल्यार्पणपछि उपस्थित सबैले दिप प्रज्वलन गरेका थिए।
सन् १८६३ मा रेडक्रस अभियानको थालनी गर्नुभएका जा हेनरी ड्युनाको जन्मदिनको अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिन्छ। यो दिवस विपद् र संकटका समयमा मानव सेवामा समर्पित रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको सन्देशलाई थप प्रभावकारी बनाउन मनाइन्छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, मन्त्री बिनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, सदस्य मदन गुप्ता, दयान्नद चौरसिया, आर्दशनगर उपशाखाका सभापति सन्तोष गुप्ता लगायत माईस्थान उपशाखाका रेडक्रसकर्मीहरूको उपस्थिति रहेको रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले जानकारी दिए ।