वीरगन्ज । आज, २०८२ साल वैशाख २४ गते, बुधबार बागमती प्रदेशमा सार्वजनिक बिदा रहेको छ। प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रबिता अधिकारीले दिएको जानकारी अनुसार, गत चैत २१ गते बसेको प्रदेश सरकारको निर्णय अनुसार आज यो सार्वजनिक बिदा दिइएको हो।