वीरगन्ज । विश्व शान्तिदूत भगवान गौतम बुद्धको जन्म जयन्ति भव्य रुपमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । वीरगन्जको बुद्ध जयन्ती मूल समारोह समितिको आज बसेको बैठकले विभिन्न समितिहरु गठन गरेर २५६९ औं बुद्ध जयन्ति भव्य रुपमा मनाउने निर्णय गरिएको वीरगन्ज बौद्ध समितिका अध्यक्ष प्राध्यापक डाक्टर दीपक शाक्यले जानकारी दिए ।
अध्यक्ष शाक्यकै अध्यक्षतामा बसेको बैठकले बैशाख २९ गते बैशाख पूर्णिमको दिन बुद्ध जयन्ति भव्य रुपमा मनाउन विभिन्न निर्णयहरु गरेको छ । बैशाख २८ गते आईतबार भिस्वा विहारमा सरसफाई गरिने छ । बैशाख २९ गते बिहान ७ बजे वीर्ता, रेशमकोठी र माईस्थानमा बुद्धको मूर्तिमा पूजा गरी माईस्थानबाट झाँकी सहितको शान्ति -याली निकालिने निकालिने छ ।
माईस्थानबाट शुरु हुने -याली वीरगन्जको घण्टाघर, लिंकरोड, बसपार्क भानुचोकबाट दोश्रो बाईपास सडक हुदै कृष्ण प्रणामी मन्दिरबाट भिस्वा विहारमा पुग्ने छ । -यालीमा सहभागिहरुलाई मानव धर्म सेवा समिति अगाडी पेयजल सर्वत वितरण गरिने छ ।
भिस्वा बौद्ध विहारमा पुगेपछि पूजा सहित प्रसाद वितरण तथा दिनभर भिस्वा स्थित गुम्बामा पूजापाठ गरिने छ । साथै साँझ बौद्ध विहारमा दीप प्रज्जवलन गरिने समितिका सचिव अधिवक्ता सुन्दर श्रेष्ठले जानकारी दिए ।
२५६९ औं बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न गर्नका लागि प्रचार प्रसारको जिम्मा निरज पिठाकोटे मगरलाई दिईएको छ । त्यस्तै सरसफाईको जिम्मा एलाईड सोसाईटीका संस्थापक ओम कुमार झालाई दिईएको छ ।
त्यस्तै दीप प्रज्जवलनको जिम्मा वीरगन्ज जेसिजलाई दिईएको छ भने, अतिथि निमन्त्रणा तथा व्यावस्थापनको जिम्मा वीरगन्ज बौद्ध समितिले गर्ने जनाएको छ ।
बुद्ध जयन्तिमा सांसद, मन्त्री, स्थानीय सरकारका प्रमुख, जिल्ला स्थित प्रशासन प्रमुख, स्थानीय सुरक्षा निकायका प्रमुख लगायतलाई निमन्त्रणा गरिनुको साथै सहभागिताका लागि सम्पूर्ण बुद्धमार्गी र अनुयायीहरुलाई सहभागिताको आह्वान गरिने पनि जनाएको छ ।