काठमाडौं । चार दिनअघि गत बुधबार राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको शपथ ग्रहण आज आइतबार बिहान ११ः३० बजे सिंहदरबारमा हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको छ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
राष्ट्रपति कार्यालयका अनुसार गर्बुजाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्नेछन्।
म्याग्दी कांग्रेसका सभापति गर्बुजाले प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका थिए।
यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए।