वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले रास्वपालाई जनताले राजनीतिक शक्तिको रुपमा देख्न चाहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको छिपरमाइ गाउँपालिका वडा नम्बर–४ को प्रथम भेलामा सम्बोधन गर्दै सभापति पन्तले यस्तो बताएका हुन् ।
उनले युवाहरुको नवीन र सुझबुझ पुर्ण सोच नै देश बिकासको आधार रहेको बताउदै २०८४ को आमनिर्वाचनमा नेपाली जनताले रास्वपाको सोच र सिद्धान्तलाई अनुमोदन गरेर देशको चाबी युवाहरुको हातमा सुम्पने निश्चित रहेको दावी गरे ।
सभापति पन्तले रास्वपालाई नेपाली जनताले अब देशको बैकल्पिक शक्ति भन्दा पनि मुख्य राजनीतिक शक्तिको रूपमा देख्न चाहेको समेत बताए । शनिबार छिपरमाइको तुलसीबार्वामा सम्पन्न प्रथम वडा भेलाले राजुकुमार पाण्डेको सभापतित्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा हरदेव सहनी, सचिव निरज साह सोनार, कोषाध्यक्ष अशोक राउत कुर्मी, सदस्यहरु रमेश शाह, सुदर्शन प्रसाद शाह, कृष्ण सहनी, मङ्गल शर्मा लोहार, रामदेव पण्डित, त्रिलोकी पाण्डे र जीत महतोलाई चयन गरेको छ ।
रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सञ्चालन गरेको भेलालाई पार्टीका केन्द्रिय सदस्य डा नन्दन यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।