पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १, बनकटवामा रहेको छठघाट र रामजानकी मन्दिरको बाउन्ड्रीवाल निर्माण कार्यको संयुक्त शिलान्यास गरिएको छ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल र पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले एक समारोहका बीच उक्त बाउन्ड्रीवालको शिलान्यास गरेका हुन्।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको २५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको बाउन्ड्रीवालको काम गुणस्तरीय हुनुपर्नेमा मन्त्री जैसवालले जोड दिए।
उनले उपभोक्ता समिति र ठेकेदारलाई निर्धारित मापदण्ड अनुसार काम गर्न निर्देशन दिए। साथै, मन्त्री जैसवालले स्थानीयवासीलाई पनि निर्माण कार्यको निगरानी गर्न आग्रह गरे।
वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख रूबी कुमारी ठाकुर, कार्यपालिका सदस्य राधा साह कानु, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विंध्याचल ठाकुर, सचिव संतोष गिरी, नेता राजनारायण कुर्मी, समाजसेवी दीपक ठाकुर, वडा सदस्य, स्थानीयको उपस्थिति रहेको थियो।