काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना मागहरूबाट पछि नहट्ने निर्णय गरेको छ। आज बिहान मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आफ्नो आन्दोलनलाई कमजोर नबनाउने र विगतका सहमतिहरूलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने अडान कायम राख्ने निष्कर्ष निकालेको हो।
शिक्षकहरूले यही माग राखेर चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा सडक आन्दोलन जारी राखेका छन्।