महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. १ (२) का प्रदेश सभा सदस्य भरत प्रसाद शाहले गौशाला नगरपालिका वडा नं. १, रामनगरमा योजना छनौट तथा स्थानीयसँग भेटघाट गरेका छन् ।
वडा अध्यक्ष नवीन साहको अध्यक्षतामा सम्पन्न उक्त भेटघाट तथा योजना छनौट कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीय दलनेता भरत शाहले स्थानीयहरुसँग योजना छनौटको सम्बन्धमा छलफल गरेका छन् ।
उनले आफ्नो क्षेत्रमा गर्नुपर्ने विकास र योजनाको प्राथामिकता र आवश्यकताको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, पार्टी प्रतिनिधि लगायत स्थानीयसँग छलफल गरेका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय प्रतिनिधि सूर्य नारायण साह, प्रदेश सदस्य विजय साह, माओवादी केन्द्रका वडा अध्यक्ष रुद्र बुर्जा, नेपाली कांग्रेसका वडा प्रतिनिधि जयराम भारती, लोसपाका देव कुमार महतो, नेकपा एमालेका सोनेलाल रसाइली, नेकपा
माओवादी केन्द्रका नेता श्याम सापकोटा, स्वकीय सचिव किशोर साह, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका कोषाध्यक्ष निरञ्जन साह लगायतको उपस्थिति थियो।
कार्यक्रममा स्थानीय विकास योजना छनौट तथा स्थानीय समस्याहरुको बारेमा छलफल भएको थियो ।