नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भइसकेको र अब ढल्न मात्र बाँकी रहेको दाबी गरेका छन्।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार आयोजित वाईसिएल नेपालको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार संविधान कार्यान्वयन, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र घरेलु समस्या समाधानमा पूर्णरुपमा असफल भएको टिप्पणी गरे।