वीरगञ्ज । नेपाल राष्ट्रिय बैंकको ७०औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर बैंक पुरुष फुटबल प्रतियोगितामा आज राष्ट्रिय वाणिज्य बैंकले प्रभु बैंक लिमिटेडलाई १३-१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ।
उक्त खेलमा राष्ट्रिय वाणिज्य बैंकका प्रेम बैथाले सर्वाधिक ९ गोल गरे भने राजेश चौधरी र दिपेन्द्र चौधरीले २-२ गोलको योगदान दिए। प्रेम बैथालाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको छ। टिम व्यवस्थापक आलोक रन्जन कर्णले दिएको जानकारी अनुसार, राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हासिल गरेको हो।