वैशाख ८, ताप्लेजुङ । ताप्लेजुङमा आज करेन्ट लागेर चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर करेन्ट लागेको हो।
प्रहरीका अनुसार बिजुलीको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएपछि आगो लागेको थियो। मृतकको सनाखत हुन बाँकी छ भने गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।