विरगंज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भरोसा माओवादीप्रति बढेको बताएका छन्।
चितवन पुगेर स्थगित भएको जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान गैंडाकोटबाट पुनः सुरु गर्दै उनले अभियानका क्रममा जनतामा माओवादीप्रति विश्वास बढेको महसुस गरेको बताए। उनले माओवादी नै परिवर्तनको बाहक भएको र सुशासन, सामाजिक न्यायका लागि सधैँ पहरेदारी गर्ने दाबी गरे।
राष्ट्रिय राजनीतिमा संकट आउने खतरा देखेपछि केही दिन अभियान रोकेर काठमाडौंमा केन्द्रित भएको र १५ चैतको जनप्रदर्शनले त्यो खतरा चिरेको उनको भनाइ थियो। तीनकुने घटनापछि राजावादीहरू लोकतन्त्र विरोधीका रूपमा नाङ्गिएको र गणतन्त्रवादीहरू नै जनताका समस्या सम्बोधन गर्न सक्षम रहेको उनले बताए।