अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा देशभरबाट झण्डै चार सय प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहेको छ।
महाधिवेशनको बन्दसत्रमा अहिलेसम्म गरिएका सांगठनिक गतिविधि तथा आर्थिक प्रतिवेदनहरू पारित गरिनेछन्। साथै, आगामी दिनका लागि नीति निर्माण र नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अगाडि बढाइनेछ।
उद्घाटन समारोहमा बोल्ने विभिन्न व्यक्तित्वहरूले नेपाली पत्रकारितालाई निर्वाध रूपमा कलम चलाउन र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेका छन्। विभिन्न सञ्चार संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा काठमाडौं शाखाले प्रकाशन गरेको भित्तेपात्रो र फोनिज संघीय समितिले प्रकाशन गरेको स्मारिका पनि विमोचन गरिएको थियो।
यो महाधिवेशनले आगामी दिनमा आदिवासी जनजाति पत्रकारिताको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।