वीरगञ्ज । स्वदेशी कम्पनीको पेय पदार्थ ‘बिग मास्टर वाइन’ को वीरगन्जमा बिक्रेता भेटघाट सम्पन्न भएको छ । वीरगञ्जको होटल पूजनमा कम्पनीले आफ्ना बिक्रेतासँग भेटघाट कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा ब्रान्डको हालको बजार स्थितिबारे छलफल गर्दै आगामी रणनीतिहरू तय गरिएको कम्पनीका प्रवन्ध निर्देशक हरि बाँस्तोलाले जानकारी दिए ।
रोयल काठमाडौं हिमालयन वेभरेज प्रालिले उत्पादन गर्ने ‘बिग मास्टर’ वाइनका रेगुलर, प्रिमियम, ग्राउण्ड एप्पल र सिरा सेनेन् गरी चारवटा रेञ्जको बजारमा उपलब्ध रहेको प्रबन्धन निर्देशक बाँस्तोलाले बताए ।
चार लिटरको बक्स वाईन फ्यामिली प्याक पनि बजारमा उपलब्ध रहेको उनले बताए ।नेपालमा १४ वर्षअघि नै उत्पादन सुरु गरिएको उत्पादन सर्वाधिक लोकप्रिय ब्रान्डमध्ये एक बनेको छ।
प्रबन्ध निर्देशक बाँस्तोलाका अनुसार, मधेश प्रदेशमा बिग मास्टर वाइनको अधिकृत बिक्रेताको जिम्मेवारी अल टाइम ट्रेड कन्सर्नका संचालक संजय कुमार अग्रवालले सम्हाल्दै आएका छन्।
बिग मास्टर वाइनको यहाँको बजारमा ७५ प्रतिशत हिस्सा रहेको छ। कार्यक्रममा बिक्रेताहरूले आफ्नो अनुभव तथा बजार विस्तारसम्बन्धी विचारहरू आदानप्रदान गरेका थिए।
स्वदेशी ब्राण्डको बिग मास्टरले वाईन भन्ने वित्तिकै विदेशी ब्राण्ड मात्रै सम्झिनेहरुलाई बिर्साएको सहभागीहरुले बताएका थिए ।