वीरगन्ज । गृह मन्त्रालयले आ.व.२०८१/०८२ को दोश्रो त्रैमासिकको कार्य सम्पादन सम्झौता मूल्यांकन प्रणाली (CPAS) को नतिजा सार्वजनिक गरेको छ ।
गृहमन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ७७ जिल्ला प्रशासन कार्यालयहरु मध्ये पर्सा जिल्ला ६३ औं श्रेणीमा परेको छ । ईलाम, पश्चिम रुकुम र पाल्पा पहिलो बरियातामा परेका छन् । त्यस्तै तेह्रथुम रामेछाप र स्याङजा चौथो स्थानको बरियतामा रहेका छन् ।
मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादन नतिजामा बारा र धनुषा ४६ औं स्थान रहेर प्रदेशमा उत्कृष्ट जिल्ला भएको छ ।
रौतहट ६१ औं स्थानमा, पर्सा ६३ औं स्थानमा सिरहा ६८ औं स्थानमा रहेको छ । महोत्तरी र सप्तरी ६९ औं स्थानमा र सर्लाही ७४ औं स्थानमा रहेको गृहमन्त्रालयले सार्वजनिक गरेको त्रैमासिक कार्य सम्पादन सम्भौता मूल्यांकन प्रणालीको नतिजामा उल्लेख गरिएको छ ।
गृहमन्त्रालयले तीन महिनामा कूल अपलोड योग्य ५४ अंकको आधारमा पूर्णाङ्क २० राखेर कार्यसम्पादन सम्झौताको मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।