वीरगन्ज । बाराको परवानीपुरमा आजदेखि चौथो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर खेल मैदानमा शुरू भएको फुटबल प्रतियोगिताको प्रमुख अतिथि लोसपाका उपाध्यक्ष, मधेस प्रदेससभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र सोनलले उदघाटन गरे।
परवानीपुर युथ क्लबका अध्यक्ष अख्तर अलि अन्सारीको अध्यक्षतामा भएको उदघाटन समारोहमा वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियार, परवानीपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष इब्राहिम मियाँ,
पूर्व वडा अध्यक्ष अनिल राम, वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष हबिब मियाँ, जिल्ला फुटबल संघ पर्साका अध्यक्ष अनिल कुमार गुप्ता लगायत विभित्र संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
आजको पहिलो उद्घाटन खेलमा आयोजक परवानीपुर युथ क्लब र रोमन फुटबल क्लबबीच भइरहेको छ । यो समाचार तयार पार्दासम्म पहिलो हाफ सकिँदा दुवै टिम बराबरीको अवस्थामा छ ।