काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९।८० अंक ९२।६२ प्रतिशत० बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना ९मंसिर २०० यताकै उच्च हो ।
साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।
सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४।९२ प्रतिशत बढ्यो । बैंकिङ २।५२, विकास बैंक ३।१५, फाइनान्स १।२९, होटल तथा पर्यटन १।८२, हाइड्रोपावर १।४१, लगानी ३।३८, जीवन बीमा २।४३, उत्पादन तथा प्रशोधन ३।०७, निर्जीवन बीमा ३।७१, अन्य २।६३ र व्यापार समूह १।३१ प्रतिशत बढे ।
कुन कम्पनीको मूल्य बढ्यो ? कुन कम्पनीको घट्यो ?
आइतबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी छन् ।
उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
त्यस्तै बजार बढ्दा पनि सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ८।२०, माथिल्लो मैलुङखोलाको ५।८५, मन्दाकिनी हाइड्रोपावरको ४।६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।