वीरगन्ज । कठांग्रिदो जाडोमा अन्तराष्ट्रिय गैरसरकारी संस्था रोटरी क्लब अफ वीरगन्ज गरिब, असहाय, विपन्नहरुको सहारा बनेको छ । पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–४ खेस्राहामा रहेका ३ सय मुसहर बालबालिकाहरुलााई रोटरी क्लब अफ वीरगन्ज पर्साले न्यानो कपडा बितरण गरेको छ ।
रोटरी क्लब अफ वीरगन्ज पर्साका अध्यक्ष निर्मल खत्रीका अनुसार ३ सय मुसहर बालबालिकालाईट्र्याकसुट र टोपी लगायतको न्यानो कपडा बितरण गरिएको छ ।
जिल्ला विपद व्यावस्थापन समितिले चिसो शीतलहरमा राहत सामग्री वितरण गर्न एकद्वार प्रणाली लागू गरेपछि जिल्ला व्यावस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी मार्फत नै रोटरी क्लब अफ वीरगन्ज पर्साले पकहामैनपुरका गरिब दलित मुसहर समुदायलार्य न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायत जिल्ला विपद व्यावस्थापन समितिका पदाधिकारी सदस्यहरुकै उपस्थितिमा संस्थाले राहत स्वरुप न्यानो कपडा वितरण गरेको हो ।
रोटरी क्लब अफ वीरगन्ज पर्साका अध्यक्ष खत्रीको कार्यकालमा रोटरी क्लब अफ वीरगन्ज पर्सा सामाजिक कार्यमा निकै नै सक्रियता देखाएमो प्रमुख जिल्ला अधिकारी अर्यालले खुशी व्यक्त गरे । उनले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए ।
“रोटरी क्लब अफ वीरगन्जको कारण खाना र नानाको लागि यत्तिकै बस्नुपरेको छैन, उहाँलाई जति नै धन्यवाद दिए पनि कमि हुन्छ, अध्यक्ष खत्रीको कार्यकाल अझ सुखद बितोस” उनले भने।
न्यानो कपडा पाएपछि मुसहर महिला भन्छिन्, “हामीसँग पैसा हुँदैन, जाडोमा काम गर्न पनि सकिँएको छैन, यस्तो अवस्थामा उहाँहरुको यो सहयोगले हाम्रो आङ ढाक्ने मात्र होइन जीवन नै बचाउनुभएको छ ।”
कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका सचिब राकेश मिश्रा, वडा अध्यक्ष ढेडी प्रसाद यादव, सशस्त्र प्रहरी बिओपी लहावरथकरीका ईन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण ढकाल, रोटरी क्लबका आयुस गुप्ताको उपस्तिथि रहेको थियो।