वीरगञ्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजबाट गाँजा बरामद गरेको छ । अपुष्ट समाचार अनुसार ४०/५० केजी प्रतिबन्धित लागूऔषध गाँजा रहेको र चारजना व्यक्तिलाई समेत पक्राउ गरेको स्रोतले जनाएको छ ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले गाँजा बरामद भएको पुष्टि गरेका छन् । बाँकी विवरण भने गाँजा बरामद स्थलमा पुगेर जानकारी लिएपछि आउने बताए । एसपी ढुंगेल गाँजा बरामद भएको स्थानमा गईरहेको जानकारी दिए ।