• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

यस्तो छ देशको अर्थतन्त्रको अवस्था

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ पुष १८, बिहीबार ०८:३७ गते
यस्तो छ देशको अर्थतन्त्रको अवस्था
6
SHARES
67
VIEWS

कृष्णमणि पराजुली

साधारण मानिसले देशको अर्थतन्त्र बुझेका हुँदैनन्, धेरै पढेलेखेकाले मात्र अर्थतन्त्र बुझेका हुन्छन् भन्ने धारणा सबैमा हुन्छ । तर, यथार्थमा भन्ने हो भने गाउँमा बस्ने त्यो साधारण मानिसले शाब्दिक अर्थमा अर्थशास्त्र नबुझेको हुन सक्छ, तर जीवनको भोगाइ र अनुभूतिमा उसले राम्रोसँग बुझेको हुन्छ । किनभने अर्थतन्त्रले दिने भनेको उसको पेट भर्ने, एकसरो लुगा लगाउन पाउने र ओत लगाउन पाउने सानो कटेरो हो । यी कुरा कहिल्यै उसले पाउन नसकेको हुनाले नै उसले आफ्नो देशको अर्थतन्त्र राम्रोसँग बुझेको हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता अवसर उसलाई कहिल्यै जुरेको हुँदैन । गाउँको साधारण मानिसले सरल भाषामा बुझ्ने आफ्नो देशको अर्थतन्त्र भनेको यिनै अभावका कुरा हुन् ।

देशको अर्थतन्त्र जसरी पनि चल्दो रहेछ । अर्थतन्त्रका सूचकमा जतासुकै भ्वाङ भए पनि सत्ताधारीले भन्ने भाषा अर्थतन्त्रका सबै सूचकमा सुधार भएको छ र अब देशले विकासको फड्को मार्‍यो भन्ने नै रहेछ । जिम्मेवार पदाधिकारीबाट आएका यस्ता अभिव्यक्ति तथ्यमा आधारित देखिँदैनन् । नागरिकको जीवनस्तरमा केही सुधार आएको हुँदैन, तर अर्थतन्त्रमा सुधार भयो भन्ने भनाइ पत्याउने आधार पनि केही देखिँदैनन् । देशको अर्थतन्त्र सत्तामा हुनेका लागि सकारात्मक र आम नागरिकका लागि भने सबै नकारात्मक हुन् ।

अर्थतन्त्रको यथार्थता भने भिन्न किसिमको देखिन्छ । जनताले अनुभूति गर्ने गरी अर्थतन्त्रको विकास भएको देखिँदैन । अर्थतन्त्रका कतिपय सूचक स्वतः सुधार भएका पनि हुन्छन् । अहिले सरकारी कोषमा २२ खर्बभन्दा बढीको विदेशी मुद्रा सञ्चिति भएको छ र यसले करिब १८ महिनाको आयात धान्न सक्ने देखिन्छ । शोधनान्तर स्थिति र चालु खाता बचतमा रहँदैमा अर्थतन्त्रलाई राम्रो मानिँदैन । यही सञ्चिति देखेर सरकारले आफ्नो कामको मूल्यांकन आफैँ गरेको हुन्छ । सरकारको आर्थिक गतिविधिका कारण यो रकम आर्जन भएको होइन । व्यक्ति आफ्नै पहलमा खाडी मुलुकमा ५० डिग्रीको तापक्रममा काम गरेर कमाएको पसिनाको प्रतिफल हो । स्वदेशमा कुनै काम नपाएर विदेशमा बगाएको पसिनाको मूल्य हो । राज्यका तर्फबाट एक सुको पनि लगानी नभईकन स्वदेश भित्रिएको विप्रेषणको रकमलाई सरकारले आफ्नो पुरुषार्थी भन्न नसुहाउने विषय हो ।

सस्तो ज्यालामा मानिस निर्यात गरेर देशको अर्थतन्त्रमा सुधार आउन सक्दैन । सरकार मानिस निर्यात गर्न सक्छ तर वस्तु निर्यात गर्न सक्दैन । त्यसैले हाम्रो देशको अर्थतन्त्र उल्टो दिशातिर गइरहेको छ । प्राप्त भएको विप्रेषण पनि उत्पादनशील क्षेत्रमा लगानी हुन सकेको छैन । ६८ प्रतिशत उपभोगमा नै खर्च भएको आँकडाले देखाउँछ भने बाँकी ३२ प्रतिशत पनि लगानी हुन सकेको छैन ।

बढ्दो विदेशी मुद्रा सञ्चितिले बाह्य लगानीको सम्भावना हुन्छ भन्ने सरकारको भनाइ रहे पनि अहिलेको अवस्थामा त्यति सम्भव देखिँदैन । किनभने सरकार छिटोछिटो परिवर्तन हुँदा आर्थिक ऐननियम परिवर्तन हुने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ता विश्वस्त हुन सक्ने आधार निर्माण हुन नसकेको अवस्थामा नेपालमा लगानी आउन सक्ने स्थिति देखिँदैन । बढ्दो भ्रष्टाचारको कारणले गर्दा पनि अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको छवि राम्रो देखिँदैन ।

जनतालाई सेवासुविधा उपलब्ध गराउन र विकास निर्माण कार्य सञ्चालन गरेर देशमा सुशासन कायम गर्न राजनीतिक प्रणाली नै परिवर्तन गरियो । विश्वमा नै उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू गरियो । जनताले छिटो र सहज रूपमा सेवासुविधा र विकासको प्रतिफल पाउन सकून् भनेर संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार गठन गरिए । अहिले देशको कुनाकाप्चामा समेत सरकार पुगेको छ । वित्तीय साधनस्रोत पुर्‍याइएको छ । सुशासन, सेवासुविधा र विकासका आवश्यक आधार हुँदाहुँदै पनि अहिले न सुशासन कायम भएको छ, न छिटोछरितो रूपमा सेवासुविधा प्रवाह भएका छन् । विकास निर्माण कार्यहरूले अपेक्षित प्रतिफल दिन पनि सकिरहेका छैनन् । त्यसकारण सरकारको उपस्थिति र वित्तीय साधनस्रोत हुँदैमा जनताको जीवनस्तरमा सुधार आउने रहेनछ । साधनस्रोतको अधिकतम लाभ हुने गरी प्रयोग भएको छैन । अनियमित कार्यहरूले प्रश्रय पाइरहेको अहिलेको अवस्था हो ।

अस्थिर सरकार र कमजोर नेतृत्वका कारण देशको अर्थतन्त्र शिथिल बन्दै गएको छ । वित्तीय व्यवस्थापन हुन सकेको छैन । कतै अनावश्यक रूपमा बजेट विनियोजन गरिन्छ भने कतै बजेटको अभाव छ । पहुँच र दबाबका आधारमा योजना छनोट हुने परम्पराको अन्त्य भएको छैन । बजेट खर्च जथाभावी हुने गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले यही कुरा भन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारसम्बन्धी मुद्दा थुप्रिँदै गएका छन् । जनताको इच्छा र आवश्यकता परिपूर्ति गर्न गठन भएका स्थानीय तहहरूमा आर्थिक अनियमितताका क्रियाकलाप एवं भ्रष्टाचार बढ्दै गएको छ । जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारहरू नै भ्रष्ट भएपछि जनताको जीवनस्तर खस्कनु स्वाभाविकै हो ।

अहिले प्रदेश सरकारको विषयमा बहस सुरु भएको छ । राजनीतिक दलहरूबाटै प्रदेश सरकारको औचित्य र आवश्यकतामाथि प्रश्न आइरहेको छ । संघ र स्थानीय तहको हुलाकीको रूपमा काम गर्न यति ठूलो संरचना निर्माण गर्नु उपयुक्त थिएन । सातवटा सरकार सञ्चालन गर्न आवश्यक हुने प्रशासकीय खर्चले नै विकास निर्माण कार्यमा असर पारेको हुन्छ । भद्दा किसिमका शासकीय संरचना निर्माण गरेर जनताको पक्षमा काम हुन्छन् भन्नुमा कुनै औचित्य देखिँदैन । अहिले जति नै वित्तीय साधनस्रोत उपलब्ध भएका छन्, तिनीहरूको उपयुक्त किसिमले सञ्चालन हुन नसकेकाले अर्थतन्त्र खस्कँदै गएको छ । राजनीतिक लाभका कारण शासकीय तथा प्रशासकीय संरचनाको विस्तार गरिँदा जनताको जीवनस्तरमा सुधार गर्ने कार्यक्रममा असर पर्न गएको छ ।

बजेट तर्जुमाको चरणदेखि नै साधनस्रोतको अपव्यय भएको अवस्था देखिन्छ । राजनीतिक नेतृत्व र कार्यकर्ताको दबाबमा आयोजना छनोट हुन्छन् र तिनै आयोजनाहरूमा अनावश्यक बजेट विनियोजन गरिन्छन् । सम्भाव्य नभएका आयोजनामा जथाभावी सीमित साधनस्रोत प्रवाह गर्दा दुरुपयोग भएको अवस्था छ । त्यस्ता आयोजनाहरू कार्यान्वयन हुन नसकी अलपत्र हुन पुगेका थुप्रै उदाहरण देखिन्छन् । यसले के देखाउँछ भने हाम्रो प्रशासकीय क्षमताले भन्दा पनि स्वार्थगत राजनीतिका कारण देशको अर्थतन्त्र खस्कँदै गएको हो ।

राजनीतिक वृत्तबाट नै अर्थतन्त्रमा खेलबाड गरेको देखिन्छ । बाह्य सहयोग प्राप्त नभइसकेको अवस्थामा पनि बजेटको आकार विस्तार गराउने उद्देश्यले साधन विनियोजन गरिन्छ । पछि सहयोग प्राप्त नहुँदा जनताका अपेक्षा त्यसै सेलाएका हुन्छन् । प्रशासकीय क्षमताको कमीका कारण कतिपय आयोजना असफल हुँदै गएका पनि छन् । प्राप्त ऋण खर्च गर्न नसकेर आयोजना कार्यान्वयन क्षमतामा प्रश्न पनि आउने गरेको छ । लक्ष्यअनुसार राजस्व असुली हुन सकेको छैन । भनिन्छ, राजस्व चुहावट ठूलो मात्रामा छ । सरकारले रोक लगाएका सामान बजारमा छ्यापछ्याप्ती देखिन्छन् । यस्तो अवस्था आउनु भनेको चोरीनिकासीबाट स्वदेशमा सामान भित्रिनु हो । चोरीनिकासी बढ्दा राजस्व प्राप्त हुन सक्दैन । यसबाट के बुझ्न सकिन्छ भने नेपालको अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्र बढ्दै गएको छ ।

अर्थतन्त्रलाई गतिशील बनाउनमा बजेटको महत्वपूर्ण योगदान हुन्छ । साधनस्रोतको उपलब्धता र उपयुक्त व्यवस्थापनले अर्थतन्त्रलाई प्रभावकारी बनाउन सक्छ । हामीकहाँ भने बजेटको अभाव हुँदाहुँदै पनि कार्यक्रम सञ्चालन गरिँदा अनावश्यक रूपमा आयोजना थुपार्ने काम मात्र भएको अवस्था छ । बाह्य देशहरूसँग ऋण सम्झौता भए पनि आयोजना कार्यान्वयन हुन नसकेका कारण ऋण सहायताबाट पनि फाइदा लिन सकिएको छैन । अनुदान पनि प्रभावकारी भएको देखिँदैन । चालु आर्थिक वर्षका लागि ५२ अर्बको अनुदान सहायता बजेटमा विनियोजन भएको छ । चार महिना व्यतीत भइसक्दा एक रुपियाँ पनि प्राप्त भएको छैन । राजस्व असुली नभएको, ऋण तथा पुँजीगत बजेट खर्च गर्न नसकिएको र अनुदान प्राप्त नभएको कारणले गर्दा सरकारी खर्चमा दबाब पर्न गएको देखिन्छ । चालु आर्थिक वर्षको आम्दानी र खर्चको स्थिति अध्ययन गर्दा बजेट घाटा बढ्दै गएको अवस्था छ ।

अहिले विप्रेषण बढ्दै गरेको र विदेशी मुद्रा सञ्चितिमा भएको प्रगतिलाई आधार मानेर अर्थतन्त्रमा सुधार भएको तर्कलाई राम्रो भन्न सकिन्न । अर्थतन्त्रमा सुधार हुन आन्तरिक उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनुपर्छ । अहिले गरिबी, बेरोजगारी, मूल्यवृद्धि, मुद्रास्फीति, ब्याजदरमा उतारचढाव, घट्दो सेयर बजार, कर्जामा संकुचन र घरजग्गा कारोबार खस्किएकाले आर्थिक गतिविधि शिथिल भएको अवस्था छ । अहिले सहकारीमा देखिएको समस्या झनै जटिल छ । आम्दानी नभएकाहरूले जम्मा गरेको सानोतिनो रकम पनि संकटमा परेका कारण देशको अर्थतन्त्र सुधारोन्मुख हुनुको सट्टा संकट निम्त्याउने दिशातर्फ उन्मुख भएको छ । त्यसकारण अहिले देशको अर्थतन्त्र सुधार हुँदै गएको छ भन्ने कुरामा कुनै सत्यता देखिँदैन । अर्थतन्त्रमा सुधार आउन नसक्नुमा राजनीतिक नेतृत्व र प्रशासनिक क्षमतामा नै प्रश्न उठेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्नु र स्वदेशमा ब्याजदर न्यून हुँदै गएको अवस्थामा लगानी गर्ने वातावरण सहज बन्नुपर्ने हो । तर, निजी क्षेत्रको सरकारप्रति विश्वास नभएका कारण बैंक तथा वित्तीय क्षेत्रमा प्रशस्त मात्रामा तरलता हुँदा पनि कर्जा प्रवाह हुन सकेको छैन । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक नभएको अवस्थामा सरकारले अर्थतन्त्र ठीक गतिमा चलेको छ भन्ने कुरामा विश्वास गर्न सकिने आधार नै छैनन् । सरकार सक्षम नभएको हुनाले पुँजीगत खर्च हुन सकेको छैन ।

अर्थतन्त्र प्रभावकारी बनाउने भनेकै पुँजीगत खर्चले हो । चालु आर्थिक वर्षको पाँच महिना व्यतीत भइसक्दा पनि १० प्रतिशत मात्र पुँजीगत खर्च भएको देखिन्छ । ठेकेदारले गरेको कामको भुक्तानी गर्न नसक्ने सरकारले अर्थतन्त्रमा जति सुधार भयो भने पनि विश्वास गर्न सकिने अवस्था देखिँदैन । त्यसकारण अब यसरी देशको अर्थतन्त्र चल्दैन । सुधारको आवश्यकता अपरिहार्य छ ।

कारोबार दैनिकबाट साभार…….
ADVERTISEMENT
Advertisment Advertisment Advertisment
Previous Post

अंग्रेजी नयाँ वर्ष २०२५ इस्वी सन लाई स्वागत गरी मनाईदै

Next Post

पत्रकारिताको विकास र प्रवर्द्धन लागि नेपाल पत्रकार महासंघ पर्सा र कलेजबीच सत बुँदे सम्झौता

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In