वीरगन्ज । आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ ।
पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । अंग्रजी नयाँ बर्ष मनाउन भारतीय पर्यटकहरु सीमावर्ती नेपालका पर्यटकीय स्थलहरुमा आउने गर्छन् ।
अंग्रेजी नयाँ बर्षमा आज पर्साको ठोरी, बाराको सिम्रौनगढ, रौतहटको नुनथर लगायतका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुमा भारतीय पर्यटकहरुको ब्यापक घुँईचो हुने गरेको छ ।
पर्साको ठोरीमा सबैभन्दा बढी भारतीय पर्यटकहरु नयाँ बर्ष मनाउन आउने गरेका छन् । मधेस प्रदेश पर्यटकीय गन्तव्यको लागि भर्जित स्थान मानिन्छ ।
यद्यपि धेरै पर्यटकीय पूर्वाधारहरुको विकास हुन नसक्दा यहाँको पर्यटन विकासको गति सुस्त रहेको पर्यटनक्षेत्रमा काम गर्नेहरुले बताउने गरेका छन् ।