• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

निजी अस्पतालको ब्रह्मलुट : ‘उपभोत्ता अधिकारको विषयमा बोल्दा सिडिओलाई नै कारवाहीको डर’

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर २१, शुक्रबार ०८:३४ गते
निजी अस्पतालको ब्रह्मलुट : ‘उपभोत्ता अधिकारको विषयमा बोल्दा सिडिओलाई नै कारवाहीको डर’
7
SHARES
74
VIEWS

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोत्ताको हितमा बोल्दाखेरी स्पष्टिकरण दिनुप-यो । निजी अस्पतालहरुले गर्ने अमानवीय व्यवहार र लुटको विषयमा जिम्मेवार निकायले कारवाही गर्न खोज्दा आएको दबाव र प्रभावले उपभोत्ताले न्याय नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी अर्यालले बोल्दा उनलाई गृहमन्त्रालयमा बोलाएर सचेत गराईएको समाचार आयो ।

उपभोत्ता हित संरक्षण मञ्चको २९ औं केन्द्रीय साधारणसभामा बोल्दा पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले सबै आम उपभोत्ता भएको र उपभोत्ता अधिकारको विषयमा सबै जिम्मेवार हुनुपर्ने तर्क गर्दै रुपन्देहीमा कार्यरत रहँदा एक निजी अस्पतालले बिरामी र उनका आफन्तलाई गरिएको व्यवहार, पीडितले भोग्नु परेको सास्ती र आफूले कारवाहीका लागि चालेको कदममा आएको दबावको विषयमा बोलेका थिए ।

ADVERTISEMENT

उनले भनेका थिए, ‘स्वास्थ्य क्षेत्रमा यति बेथिति छ, निजी अस्पतालहरुमा यति अमानवीय व्यवहार गरिन्छ । बिरामी र आफन्तले यति सास्ती भोग्नुपर्छ । त्यस्तो पीडादायी अवस्थामा म भएपनि आगो लगाई दिन्थे ।’

यहि विषयमा पर्साका सिडिओलाई गृहमन्त्रीले बोलाएर सचेत गराए । गृहमन्त्रीले सचेत गराउनु सकारात्मक हो । तर, सिडिओले उपभोत्ताकै अधिकारको विषयमा बोल्दा खेरी किन कारवाहीको भागीदार हुनुपर्ने ? यो मूल प्रश्न हो । सिडिओ अर्यालले कार्यक्रममा बोलेको विषयलाई नबुझी नेपाल चिकित्सक संघले पनि हतारमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएर कारवाहीको माग ग-यो ।

राज्यको एउटा जिम्मेवार निकायमा बसेको व्यक्तिले कसैको पेशा, व्यावसाय तथा व्यत्तित्वमा नकारात्मक प्रभाव पार्ने वा हिंसात्मक कार्यलाई सहयोग पुग्ने गरी बोल्नु उचित होईन । तर, उनले समग्र स्वास्थ्य सेवाको विषयमा देखिएको बेथितिको सुधार गर्ने प्रयास गर्दा आएको दबाव र पीडितलाई न्याय नपाउने अवस्थामा पीडितले पोख्ने आक्रोशबाट हुने घटनाको विषयलाई मात्रै देखाउन खोजेका थिए ।

उनीमाथि कारवाहीको माग गर्दै बुझाएको ज्ञापनपत्रको उपभोत्ता हित संरक्षण मञ्चले तत्काल विज्ञप्ति जारी गरी प्रतिवाद नै ग-यो । आम उपभोत्ताको विषयमा जिम्मेवार ढंगले प्रस्तुत भएका सिडिओमाथि कारवाही हुनु उपभोत्ता अधिकारप्रति राज्य जिम्मेवार छैन भन्ने स्पष्ट हुने मञ्चको धारणा थियो ।

संयोग उनी अहिले पर्सामा कार्यरत छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथ एशिया हिमाल हस्पिटल प्रालिले बिरामीको उपचारको नाममा अनावश्यक रकमको बिल बनाएर बिरामीलाई ठग्ने प्रयास गरेको छ । अस्पतालले बढी पैसा लिएको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा परेको छ ।

जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमा साउथ एशिया हिमाल हस्पिटल प्रालिका सञ्चालक रञ्जित चौरसिया, नरेश यादव र राकेश यादवलाई तत्काल अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालयले पनि आवश्यक जानकारी सहित अनुसन्धान शुरु गर्न बसपार्क स्थित प्रहरी चौकीलाई निर्देशन दिएको छ ।

अब अस्पतालमाथि शुरु भएको कारवाही विरुद्ध फेरी ज्ञापनपत्र बुझायो भने फेरी प्रमुख जिल्ला अधिकारी अर्याललाई कारवाही भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ! सरकारको यस्तो खालको कार्यले नागरिकले सुशासनको अनुभूति कहिले पाउने ? यहाँ प्रमुख जिल्ला अधिकारी एकदमै राम्रा र उनको कार्यशैली एकदमै ठिक भन्न खोजिएको भने होईन ।

Advertisment Advertisment Advertisment

तर, एउटा प्रशासकले नागरिकको दुःख र पीडा बुझेर उपभोत्ताको अधिकारप्रति जिम्मेवार र गम्भीर भएर उनले उठाएको विषय आम उपभोत्ताको हितमा रहेको छ । किनभने नियामक निकायमा बस्ने व्यक्ति पनि एउटा उपभोत्ता हो । उपभोत्ताको अधिकार सुनिश्चित हुनुपर्छ भन्नेमा उनी जिम्मेवार हुनैपर्छ । स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा संविधानमै व्यावस्था गरिएको छ ।

उपभोत्ता अधिकारको विषय पनि मौलिक हककै रुपमा संविधानले प्रत्याभूति गरेको छ । स्वास्थ्य सेवा दिने अस्पतालहरु जति खुलेपनि सेवाको गुणस्तर उस्तै छन् । उपचारको नाममा पैसा लिने प्रतिस्पर्धा बढी र सेवा भने गुणस्तरहिन दिने गरेको छ । यो आम उपभोत्ताले भोग्दै आएको समस्या हो ।

समग्र उपभोत्ताको प्रतिनिधित्व राज्यको एक जिम्मेवार प्रतिनिधिले गर्नु उनको जिम्मेवारी र दायित्व भित्रै पर्छ । तर, उनैले कारवाही भोग्नुपर्ने अवस्था आयो भने यो राज्यमा सुशासन कसले कायम गर्ने हो ? अनि हामी नागरिकले सुशासन भएन भनेर किन गुनासो गरिरहने ? यो विषयमा सरकारले जिम्मेवार ढंगबाट सोच्नुपर्छ ।

अब फेरी कुरा साउथ एशिया हिमाल अस्पतालकै उसले बिरामी उपर गरेको ज्यादती र ठगी धन्दाको कारवाही भएन भने नागरिकले प्रहरी प्रशासनले गरेन भनेर किन गुनासो गर्ने ? यदि कारवाही अगाडि बढाउदा दबाव आउने र अवरोध हुने भयो भने राज्यमा किन चाहियो सुशासन ?

Previous Post

उपचारको नाममा बढी रकम लिएको साउथ सिटी हिमाल अस्पताललाई अनुसन्धान गर्न प्रहरीलाई पत्राचार

Next Post

डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मनाउने प्रस्ताव पारित

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In