• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

उपचारको नाममा बढी रकम लिएको साउथ सिटी हिमाल अस्पताललाई अनुसन्धान गर्न प्रहरीलाई पत्राचार

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर २०, बिहीबार २२:४६ गते
5
SHARES
53
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथ सिटी हिमाल अस्पतालले बिरामीसँग बढी रकम लिएको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

साउथ सिटी हिमाल अस्पताल प्रालिले दुर्घटनामा परी घाईते भएका बिरामीको उपचारमा लाग्ने खर्च अनुचित लिएको भन्दै परेको निवेदनमा आवश्यक अनुसन्धान कारवाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको हो ।

ADVERTISEMENT

मंसिर १७ गते वीरगन्जको बाईपास भिस्वा होटल नजिकै बसबाट ओर्लने क्रममा घाईते भएकी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरकी ३७ बर्षीया राजपती कुमारीलाई उपचारका लागि साउथ सिटी हिमाल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार शुरु भएपछि घाईतेको स्वास्थ्य अवस्था सामान्य देखिएको र मंसिर १८ गते पीडित पक्ष र सवारीधनीबीच सहमति गर्न वडा प्रहरी कार्यालय श्रीपूरमा समेत बोलाउदा पीडित पक्ष आएको थिएन । पीडित पक्षले हस्पिटल खर्चको नाममा दुईदिनको मात्रै ९५ हजार ६ सय रुपैंया, औषधि खर्चमा मात्रै १३ हजार ८ सय ५४ रुपैंया र क्यान्टिनको दुईदिनको खाना र खाजाको मात्रै १० हजार ५ सय रुपैंया सहितको अस्पतालकै लेटर हेडमा लेखेर दिएको छ ।

अस्पतालले भ्याटबिल सहितको रकम उल्लेख गरेर दिनुपर्नेमा अस्पतालको लेटर हेडमा मात्रै लेखेर सवारी धनीबाट असुल्न खोजेपछि ओमसाईराम भलाई कोष तथा इन्भेष्टमेण्ट प्रालिका शाखा इञ्चार्ज विनोद श्रेष्ठले आवश्यक अनुसन्धान कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए ।

सोही निवेदन उपर आवश्यक अनुसन्धान कारवाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई जिल्ला प्रशासन कार्यालय पर्साले पत्राचार गरेको हो । निवेदकको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले साउथ सिटी हिमाल अस्पताल प्रालिका सञ्चालक रञ्जित चौरसिया, नरेश यादव र राकेश यादवमाथि आवश्यक अनुसन्धान र कारवाही गर्न पत्राचार गरेको हो ।

Advertisment Advertisment Advertisment

साउथ सिटी हिमाल अस्पतालका राकेश यादवले भने वीमा कम्पनीमा दावी गर्न रकम उल्लेख गरेर दिन बिरामीले आग्रह गरेपछि लेटर हेडमा लेखेर दिएको बताएका छन् । अस्पतालले मूल्य अभिवृद्धि कर सहितको बिल विजक जारी गर्नुपर्ने भएपनि लेटर हेडम विभिन्न शीर्षकमा रकम उल्लेख गरेर दिनु कानूनत मिल्ने विषय होईन ।

यस्तो बिल अस्पतालले दिन मिल्छ त ? भन्ने प्रश्नमा अस्पतालका राकेश यादवले आफू अस्पतालका कर्मचारी रहेको र दिन नमिल्ने भएपनि मागेपछि दिएको प्रतिक्रिया दिए । हिमाल इन्स्टिच्युट अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीको नाममा नर्सिङ तथा सीटीईभीटीको प्राविधिक विषयहरुको अध्यापन गराउदै आएको प्राविधिक शिक्षालयलाई नै अहिले साउथ सिटी हिमाल हस्पिटल प्रालि बनाएको छ ।

नर्सिङ कलेज सञ्चालन गर्नका लागि कम्तीमा एकसय बेडको आफ्नै अस्पताल हुनुपर्ने सरकारले नीति ल्याएपछि हिमाल इन्स्टिच्युट हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा एकसय बेडको अस्पताल निर्माण गरेर सेवा शुरु गरेको छ । भर्खरै सेवा शुरु गरेको अस्पतालले बिरामीको ढाँड सेक्ने गरी उपचारको नाममा बढी खर्च देखाई ठगी गर्न खोजेको निवेदकको आरोप छ ।

साउथ सिटी हिमाल अस्पताल सञ्चालनमा आउनु अघि द हिमाल इन्स्टिच्युट अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजी सञ्चालनमा रहँदा पनि मनकामना होस्टलको नाममा विद्यार्थीहरुलाई बढी शुल्क लिने गरेको गुनासो आउने गरेको थियो ।

Previous Post

सशस्त्र प्रहरीले स्रोत नखुलेको नगद सहित पक्राउ परेका व्यक्ति र विभिन्न सामान भन्सार बुझायो

Next Post

निजी अस्पतालको ब्रह्मलुट : ‘उपभोत्ता अधिकारको विषयमा बोल्दा सिडिओलाई नै कारवाहीको डर’

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In