वीरगन्ज । वीरगन्जमा जारी पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आज सम्पन्न हुदैछ । आज बिहानदेखि समूह सी का टीमहरुबीचको खेल जारी रहेको छ । समूह सी मा रहेका म्याग्नस फर्मास्युटिकल्स र क्वेष्ट फर्मास्यूटिकल्सबीच भएको खेलमा क्वेष्ट ३९ रनले विजयी भएको छ ।
टस जितेर फिल्डिङ रोजेको म्याग्नसले क्वेष्टलाई व्याटिङको निम्तो दिएको थियो । क्वेष्टले पहिलो पारीमा ८१ रन बनाएको थियो । ८२ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको म्याग्नस ४१ रनमै सीमित हुनु पुगेपछि खेल क्वेष्टले जितेको हो ।
त्यस्तै दोश्रो खेल पनि क्वेष्टले नै जितेको छ । म्याग्नसलाई हराएर सूर्या नेपालसँग भेट गरेको क्वेष्टले पहिले व्याटिङको निम्तो पाएको थियो । सूर्या नेपालसँगको खेलमा क्वेष्टले ६४ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङ गरेको सूर्या नेपाल ५८ रनमै समेटिएपछि क्वेष्टले ५ रनले जित हात पारेको हो ।
त्यस्तै नेपाल टेलिकम र म्याग्नसबीच भएको खेलमा टस जितेर व्याटिङ गरेको नेपाल टेलिकमले ७५ रन बनाएको थिया । म्याग्नसले ६ विकेट लिएर जित हात पारेको हो । त्यसैगरी झंकार सुप्रिम र गरिमा विकास बैंकबीच भएको खेलमा झंकार सुप्रिमले १४ रनले जितेको छ । टस जितेर व्याटिङ गरेको सुप्रिमले ५५ रनको लक्ष्य दिएको थियो ।
तर, सुप्रिमले ४० रन मात्रै बनाउन सक्यो । अहिले अग्नी र गरिमा विकास बैंकबीच खेल भईरहेको छ । टस जितेर ब्याटिङ गरेको अग्नीले १०८ रनको लक्ष्य दिएको छ । गरिमा बैंकले अहिले ब्याटिङ गर्न बाँकी रहेको छ । त्यसैगरी सूर्या नेपाल र म्याग्नसबीच भएको खेलमा सूर्या नेपालले टस जितेर ब्याटिङ गर्दै ८२ रनको लक्ष्य दिएको छ । लक्ष्य पूरा गर्नलाई म्याग्नसले अहिले ब्याटिङ गरिरहेको छ ।
समूह ए बाट सिद्धार्थ बैंक, समूह बी बाट हिमालयन बैंक र समूह डी बाट क्वेष्ट फर्मास्युटिकल्स सेमिफाईनलमा पुगिसकेका छन् । समूह सी बाट समूह विजेताको लागि अहिले खेल भईरहेको छ । आजै समीफाईनल र फाईनल खेल पनि सम्पन्न हुनेछ ।