• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पोलियोको जोखिम कायमै रहेको चिकित्सकहरुको भनाई

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक ६, मंगलवार १२:४५ गते
पोलियोको जोखिम कायमै रहेको चिकित्सकहरुको भनाई
4
SHARES
46
VIEWS

वीरगन्ज । नेपालमा पोलियो उन्मुलन भएपनि अझै जोखिम भने कायमै रहेको चिकित्सकहरुले बताएका छन् । पोलियो भाईरस विरुद्ध जनचेतना जगाउनका लागि रोटरी क्लब अफ वीरगन्ज र रोटरी क्लब अफ मेट्रोपोलिसले मंगलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा चिकित्सकहरुले नेपालबाट पोलियो उन्मुलन भएपनि नजिकैको एशियाली राष्ट्रहरुमा पोलियो देखा परेकोले जोखिम कायम रहेको बताएका हुन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डाक्टर निरज सिंहले पोलियो उन्मुलन भयो भनेर ढुक्क हुनुपर्ने अवस्था नरहेको बताए । उनले पोलियोको बारेमा व्यापक जनचेतना फैलाउनुपर्ने र यसमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै डाक्टर आनन्द झाले पोलियो भाईरस संसारको जुनुसकै देशमा फेला परेपनि त्यसको जोखिम नेपालमा पनि हुने बताए ।

ADVERTISEMENT

विश्व भूमण्डलीकरणले गर्दा मानिसहरुको आवतजावत हुने र नेपालमै पनि ढलमा पोलियो भाईरस फेला परेको पुष्टि भएकोले पोलियो भाईरस संक्रमणको जोखिम कायम रहेको डाक्टर झाको भनाई थियो । उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले नेपाली नागरिकहरुलाई पोलियो भाइरसबाट बचाउनका लागि प्रतिव्यक्ति ३६ हजार ९२७० अमेरिकी डलर० खर्च गरिरहेकोले यसको उपयोगिता प्राप्तीका लागि हरेक नेपाली नागरिकले दायित्ववोध गर्नुपर्ने बताए ।

त्यस्तै डाक्टर मनोज गुप्ताले पोलियो जस्तो अत्यन्त जोखिमयुक्त भाईरसबाट बचाउनका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले नेपाली नागरिकमाथि गरिरहेको लगानीलाई खेर जान नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोलियो उन्मुलन सम्बन्धी जनचेतनाका लागि सञ्चार माध्यमहरुले पनि निःशुल्क प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाएका छन् ।

tribunenewsnp.com का सम्पादक तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटेले पोलियो उन्मुलन अभियानमा साथ रहेकोले पोलियो उन्मुलन सम्बन्धी प्रचार सामग्री निःशुल्क प्रचार प्रसार गरिने बताए । त्यस्तै समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष तथा कालिका टाईम्सका सम्पादक शम्भुकुमार सुमनले पनि ग्रामीणक्षेत्रमा जनचेतनाका लागि निःशुल्क प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाए ।

रोटरी क्लब अफ वीरगन्ज र रोटरी क्लब अफ मेट्रोपोलिस वीरगन्जले छपकैयामा रहेको क्लबको आफ्नै सेन्टरमा आज बिहान आयोजना गरेको पोलियो उन्मुलन सम्बन्धी अभिमूखीकरण कार्यक्रममा क्लबले पोलियो उन्मुलन सम्बन्धी आयोजना गर्ने कार्यक्रमको बारेमा पनि जानकारी गराएको छ । रोटरी क्बल अफ वीरगन्जका अध्यक्ष निर्मल खत्री र रोटरी क्लब अफ मेट्रोपोलिसका अध्यक्ष अनिल जयसवालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको बारेमा जानकारी दिदै रोटरी क्लबका पूर्व अध्यक्ष अभिषेक चौधरीले पोलियो उन्मुलनका लागि रोट्री क्लबले अन्तराष्ट्रियस्तरमा नै महत्वपूर्ण भूमिका खेल्दै आएको र नेपालमा पनि क्लबले स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा विभिन्न क्रियाकलापहरु गर्दै आएको जानकारी दिए ।

उनले विशेष गरी पोलियो उन्मुलनका लागि रोटरी क्लबले नेपाल सरकारसँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिदैँ आउदो अक्टोबर २४ तारिक अर्थात पर्सि ८ गते क्लबले पोलियो विरुद्ध जनचेतनाका लागि विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको बताए । क्लबले घोषणा गरेको कार्यक्रम अनुसार ८ गते बिहीबार बिहान नारायणी अस्पतालदेखि घण्टाघरसम्म दौड प्रतियोगिता, लालबंगला अगाडिको खाली ठाउँमा मानव साङलो बनाउने र साँझ ६ बजे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह पनि गरिएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

४० जना प्रथम श्रेणीका सहसचिवहरुको सरुवा, वीरगन्ज महानगरका मातृका भट्टराई सामान्य प्रशासन मन्त्रालयमा

Next Post

बाराको कोल्हवीमा जिल्ला प्रहरी कार्यालय बाराको नागरिक सुनवाई कार्यक्रम

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In