वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय सभापति एबम पूर्वगृहमन्त्री रबि लामिछाने पक्राउको बिरोधमा बिरगंजमा सरकारको शवयात्रा जुलुश निकालिएको छ। शनिबार रास्वपा पर्साद्वारा स्थानीय क्लासिक ब्यानक्वेट घण्टाघरबाट निकालिएको शव यात्रा जुलुस नगरको विभिन्न भागको परिक्रमा गरि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
शव यात्रा सहितको जुलुश घण्टाघर पुगेपछि प्रहरीले हस्तक्षेप गरेर शव खोसेको थियो । प्रहरीले शव खोस्ने क्रममा केहीबेर रास्वपाका कार्यकर्ता र प्रहरीबीच खोसाखोस भएको थियो । रबि लामिछानेलाई राजनीतिक प्रतिसोध साध्न राज्य शक्तिको दुरुपयोग गरेर पक्राउ गरिएकोले अबिलम्ब छोड्न दबाब स्वरुप सरकारको शब यात्रा निकालिएको रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तले बताए ।
पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निकालिएको शबयात्रामा प्रदेश सदस्य तुलशा अधिकारी, सुदिश प्रजापती, सब्बु कंडेल पुरुषोत्तम उपाध्याय, पालिका सभापतिहरु माधब बस्नेत, प्रदीप पटेल, दीपराज पटेल, मुर्ली जलान, माइकल् साप्कोटा लगायत नेता कार्यकर्ता हरुको उपस्तिथि रहेको थियो ।
कोणसभामा केन्द्रिय सदस्य डा. नन्दन यादव, पूर्व पर्सा जिल्ला संयोजक दिलिप कुर्मी, क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाज मियाँ र पालिका सभापति चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए । कोणसभाको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए ।