वीरगन्ज । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने पक्राउ परेपछि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका बारा उपाध्यक्ष बषन्त खतिवडाले राजिनामा दिएका छन् ।
न्युज २४ टेलिभिजनदेखि नै रबि नजिक रहँदै आएका र पछिल्लो समयमा ग्यालेक्सी टेलिभिजनसम्म सँगै काम गरेका खतिवडाले शुक्रबार लामिछाने पक्राउ परेपछि शनिबार राजिनामा दिएका हुन् । उनले शुभेच्छुक संस्थाको उपाध्यक्ष भएर काम गरेको हिसाबले पार्टीप्रति आस्था रहदै आएकोमा अब त्यो आस्था पनि नरहेको जनाउदै उनले लेखेका छन्,