वीरगन्ज । बिहीबार बिहान बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक फेला परेको शवको पहिचान खुलेको छ । मृत अवस्थामा फेला परेको पुरुष वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका विरेन्द्र साह सोनारको रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाकाले जानकारी दिए ।
बिहान स्थानीय हिडडुल गर्न निस्किएका बेला पुल नजिकै नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि गएको इलाका प्रहरी कार्यालय प्रसौनी र जिल्ला प्रहरी कार्यालय बाराको अनुसन्धान शाखाको टोलीले शवको पहिचान गरेको हो ।
फेला परेको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए । साहको हत्या भएको हो कि अन्य केही कारणले मृत्यु भएको हो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।