वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १७ अलौंमा असोज २० गते आईतबार भएको घटना निन्दनीय रहेको बताएका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १७, २६, २४, २० मा अविरल बर्षापछि जमेको पानीको निकासको विषयलाई लिएर भएको घटनामा महानगर प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिले ज्येष्ठ नागरिकमाथि गरेको व्यवहार निन्दनीय रहेको बताएका हुन् ।
अलौको घटनापछि धर्नामा बसेका स्थानीयसँग भेटेर घटनाको निन्दा गरेका हुन् । धर्नास्थलमै पुगेर पूर्व नगर प्रमुख सरावगीले धर्नामा सहभागीहरुसँग घटनाको विषयमा जानकारी लिनुका साथै त्यहाँको समस्याको बारेमा पनि यथार्थ बुझेका छन् ।
विवादलाई सम्बधित वडा अध्यक्ष र सर्वपक्षीय भेला बसेर कम भन्दा कम क्षति हुने गरि शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्न अनुरोध पनि गरेका छन् ।
गरिमामय पदमा आसिन ब्यक्तित्वबाट भएको दुर्व्यबहारको निन्दा गर्दै दोषीलाई आवश्यक कार्वाही गर्न समेत प्रशासनसँग माग गरेका छन् ।