तपाईलाई अनौठो लाग्न सक्छ । यो संसारमा ८ जना यस्तो मानिसहरु छन् । जसले यो संसारको करिब आधा जनसंख्यासङ्ग भएको सम्पत्तिको बराबर सम्पत्ति बनाएका छन् । तीहुन संसारका सबभन्दा बढी धनीहरुको सूचीमा रहेका शीर्ष ८ जना व्यक्ति । ८ जनाले करिब ४ अर्ब मानिसहरुलाई टक्कर दिनु भनेको धेरै नै ठूलो असमानता रहेको स्पष्ट छ ।
यो ८ जना भगवान नै पक्कै नहोलान, नत यिनिहरुसङ्ग दिनमा २४ घण्टा भन्दा बढी समय हुन्छ । र दिमाग पनि एउटै हुन्छ । जुन कि यो सब विशेषता हामी सबैलाई प्रकृतिले बराबर दिएको छ । ल एकछिनको लागि यो बिषयलाई आधार नमानौ । किनकि यो कुरा हामी हेरेको पनि छैनौ ंर हाम्रो देश समाजको कुरा पनि होइन ।
फाट्टफुट्ट समाचार, सामाजिक संजाल र केहि रिपोर्टहरुले दिएको हो कुरा हो । तर, हाम्रै गाउँ, समाज, शहर, छिमेक र कुटुम्बमा कसैले प्रगति माथी प्रगति गरिरहेको र कसैले बाउबाजेको भएको सम्पत्ति र स्रोत साधनमा जोड्नु परको कुरा त्यहीमात्रामा निरंतरता पनिदिन असक्षम हुन्छन् अर्थात झन गरिब हुदै जान्छन् ।
हाम्रै सेरोफेरोमा गरिब झन गरिब र धनी झन धनी बन्दै गइरहेको पनि उदाहरणहरु हेरिरहेका हुन्छौ ं। यो संसारमा बित्तीय साक्षरताको प्रयोगको आधारमा अनेकौ किसिमका मानिसहरु छन् । यो बिषय सामान्य होईन र यसलाई अझ धेरै महत्व दिनु आवश्यक छ । कसैले बि त्तीय स्रोतको अभावमा जरुरी स्वास्थ्य उपचार समेत पाउन सकिरहेका हुदैनन् भने कसैले भएको सम्पत्तिमा जोडनु बढाउनुको साथ साथै सम्भव र उपलब्ध भएको आरामदायी जीवनशैली र साधनहरुसङ्ग पनि बाचिरहेका हुन्छन् ।
कसैले आफ्नो ब्यापार शुन्यदेखि सुरु गरेर निश्चित समयको अन्तरालमा शीर्ष ब्यपारीहरु र ब्यापारहरुको सूचीमा नाम ल्याउन, देशलाई ठूलो कर तिर्न जस्ता काममा सफल छन् भने कोहि–कोहि भएको ठूलो–ठूलो ब्यापारलाई उचित योजनाका साथ ब्यवस्थापन गर्न नसकी डुबाएको पनि उदाहरणहरु प्रशस्त छन् ।
यो सब घटनाहरुको पछाडी प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपले बित्तीय साक्षरताले मुख्यतःभूमिका खेल्ने गर्छ । बित्तीय साक्षरताकै अभावले गर्दा मात्र कुनैमा नवजीवनका लागि चाहिने न्युनतम सुखसुबिधा खाना बास कपास स्वस्थ्य उपचार लगायतको कुराबाट बञ्चित हुन जान्छ । साधारण भाषामा वित्तीय साक्षरता भनेको आफुसङ्ग उपलब्ध वित्तीय स्रोतहरुलाई सम्भव भएसम्म उच्चतम प्रयोग गरेर उच्चतम प्रतिफल ल्याउनु हो ।
अलि बिस्तृत रुपमा बुझ्नेहो भने वित्तीय साक्षरता भन्नाले व्यक्तिहरूलाई वित्तीय सेवाहरूको ज्ञान, समझ, र वित्तीय स्रोतको प्रयोग गर्ने क्षमतामा सक्षम बनाउनु हो । यसमा आय, खर्च, बचत, लगानी, ऋण, र बीमाजस्ता आर्थिक क्रियाकलापहरूको समझ र तिनीहरूलाई कसरी उचित तरिकाले व्यवस्थापन गर्ने भन्ने ज्ञान समावेश हुन्छ ।
वित्तीय साक्षरताले व्यक्तिलाई आफ्नो आर्थिक निर्णयहरू सही ढंगले गर्न, जोखिमहरू बुझ्न, र दीर्घकालीन र अल्पकालीन वित्तीय लक्ष्यहरू हासिल गर्न सक्षम बनाउँछ ।
विश्वभरको वित्तीय साक्षरता दरको रिपोर्टमा १० सबैभन्दा बढी वित्तीय साक्षर देशहरूमा डेनमार्क, नर्वे, रस्वीडेन छन्, जसको साक्षरता दर ७१% छ । क्यानाडा र इजरायल ६८% साक्षरता दर सहित पछ्याउँछन्, युके ६७% मा, जर्मनी र नेदरल्याण्ड्स ६६% मा, अस्ट्रेलिया ६४% मा, र फिनल्याण्ड ६३% मा छन् । उक्त रिपोर्टले यो स्पष्ट गर्छ कि विश्वभर उच्चस्तरमा वित्तीय साक्षरता विकसित र उन्नत अर्थतन्त्र भएका देशहरूमा बलियो देखिन्छ, विशेष गरी पश्चिमी युरोप र अंग्रेजी बोल्ने देशहरूमा ।
त्यस्तै, विश्वभरको वित्तीय साक्षरता दरको रिपोर्टमा बढी अफ्रिकी मुलुकहरु कम भएको देखिन्छन् । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार नेपालको वित्तीय साक्षरतादर ५७.९ प्रतिशत रहेको छ । नेपालमा वित्तीय साक्षरताको अवस्था अझैपनि कमजोर छ र यसमा सुधारको ठूलो आवश्यकता देखिन्छ ।
विभिन्न अध्ययन र सर्वेक्षणहरूका अनुसार, नेपालमा धेरै जनसंख्या अझै वित्तीय साक्षरताबाट टाढा छन्, विशेषगरी ग्रामीण क्षेत्रमा यो समस्या झनै गम्भीर छ । विश्व बैंकको तथ्याङ्क अनुसार, नेपालमा १५ वर्ष भन्दामाथिका व्यक्तिहरू मध्ये करिब ४०% मात्र बैंकिङ सेवा प्रयोग गर्छन्, जसले वित्तीय साक्षरताको न्यूनस्तरलाई देखाउँछ ।
वित्तीय शिक्षाको पहुँच सीमित हुनु, डिजिटल खाडलको कारण प्रविधिमा पहुँच नभएका ग्रामीण बासिन्दाहरूले वित्तीय सेवा र जानकारीबाट बञ्चित हुनु, र शहरी–ग्रामीण असमानता जस्ता समस्या वित्तीय साक्षरताका मुख्य चुनौतीहरू हुन् । साथै, वित्तीय शिक्षा विद्यालयस्तरमा समावेश नगरिनु, र प्रायःमहिलाहरू र सीमान्तकृत समूहमा वित्तीय साक्षरता अभाव हुनुले पनि यस समस्यालाई थप जटिल बनाएको छ ।
यी सबै कारणले गर्दा नेपालमा वित्तीय साक्षरताको विस्तार र सुदृढीकरणलाई आवश्यक प्राथमिकता दिइनु जरुरी छ । वित्तीय साक्षरताले व्यक्तिलाई आफ्नो आय, खर्च, बचत, र लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्षम बनाउँछ, जसले दीर्घकालीन आर्थिक सुरक्षा र समृद्धि सुनिश्चित गर्दछ । यसले वित्तीय निर्णय क्षमतामा सुधार गर्दै ऋणको सही व्यवस्थापन, लगानीको उचित छनोट, र आपतकालीन स्थितिको तयारी गर्न मद्दत पुर्याउँछ ।
साथै, वित्तीय ज्ञानले व्यक्तिलाई ठगीबाट जोगाउन, आर्थिक योजना बनाउन, र कर तिर्ने जस्ता सामाजिक दायित्व पूरा गर्न सघाउँछ । फलस्वरूप, वित्तीय साक्षरता न केवल व्यक्तिगत स्तरमा, तर समाज र राष्ट्रको आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउँछ । वित्तीय साक्षरताको उपलब्धता र अभावले अनेकौ सकारात्मक र नकारात्मक पक्ष मध्ये धनी र गरिबहरुको बीचमा ठूलो खाडल बनाउने पनि एउटा महत्वपूर्ण हो ।
यसलाई उदाहरणको साथ बुझ्दा, अनौपचारिक अथवा छाँया बंैकिङ्गको माध्यम (बैंक तथा वित्तीय संस्था भन्दा ब्यक्ति र ब्यक्तिबीच हुने आर्थिक लेनदेन) बाटहुने आर्थिक लेनदेनमा वार्षिक ३६ प्रतिशतदेखि ३६५ प्रतिशत (दिनको १ प्रतिशतसम्म) यसरी ऋण लिने मान्छेको कमाई र सम्पत्ति ऋणदिने मान्छेले मज्जाले कब्जा गर्छ र धनी झन धनी र गरिब झन गरिब हुन पुग्छन् ।
वित्तीय साक्षरताको अभावले तपाईसङ्ग भएको स्रोतसाधन कम हुँदै जान सक्छन् । उपलब्ध स्रोतलाई प्रयोग गरेर उच्चतम प्रतिफल ल्याउन नसकिने अवस्था हुनसक्छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको दुरुपयोग भएर उत्पादकत्व शीर्षकको कर्जा अनुत्पादकत्व शीर्षकमा खर्च भएर देश र ब्यक्ति दुवैको आवश्यकता पूरा नभइ आर्थिक समृद्धि बिकास हुदैन ।
अनावश्यक खर्च गरेर गरिबी झन बढ्न सक्छ । र ऋणमा फस्दै गइन्छ । बचतगर्ने र पूंजी निर्माण गर्नेतर्फ मानिस नलाग्न सक्छ । वित्तीय स्रोत चाहिएको खण्डमा कम शुल्क र ब्याजदर हुनसक्ने ठाउँबाट नलिएर बढी शुल्क र ब्याज लाग्ने ठाँउबाट लिन सक्छन् । वित्तीय साक्षरता नहुँदा, मानिसहरूले बीमा जस्ता वित्तीय सुरक्षाका उपकरणहरू उपयोग गर्दैनन्, जसले आकस्मिक घटनाहरूमा ठूलो आर्थिक क्षति पुग्न सक्छ ।
वित्तीय साक्षरताको कमीले गर्दा व्यक्तिगत, पारिवारिक र सामाजमा समेत गहिरो नकारात्मक प्रभाव पर्छ । यसकारण, वित्तीय साक्षरता मानिसको जीवनस्तर उकास्न र दीर्घकालीन आर्थिक सुरक्षाको लागि अति आवश्यक छ । वित्तीय साक्षरता भएका व्यक्तिहरूले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छन् । जब व्यक्तिहरू वित्तीय साक्षरता हासिल गर्छन्, उनीहरूले खर्च, बचत, र लगानीमा सोचविचार गरिराख्छन् ।
यसले व्यक्तिगत स्तरमा आर्थिक स्थिरता ल्याउँछ र उनीहरूको जीवनस्तरमा सुधार गर्छ । वित्तीय साक्षरता भएका व्यक्तिहरूलाई ऋणको सही प्रयोग गर्न, बीमा कभर गर्न, र भविष्यको लागि बचत गर्न सजिलो हुन्छ । यसैले उनीहरूको जीवनमा गरीबी घटनमा समृद्धि बढनमा मद्दत पुर्याउँछ । जब धेरै व्यक्तिहरू वित्तीय रूपले सक्षम हुन्छन्, त्यसले राष्ट्रिय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ ।
वित्तीय साक्षरताका व्यक्तिहरूले उत्पादन र सेवामा लगानी गर्न प्रोत्साहित गर्छन्, जसले आर्थिक वृद्धिमा टेवा पु¥याउँछ । यसरी, वित्तीय स्थिरता, रोजगारीको अवसर, र समृद्धि बढ्छ । यसैले, वित्तीय साक्षरता न केवल व्यक्तिगत तर राष्ट्रिय समृद्धि र स्थिरताका लागि पनि महत्वपूर्ण छ ।
वित्तीय साक्षरताले व्यक्तिहरूलाई जिम्मेवार ऋण लिने र खर्च गर्ने तरिका अवलम्बन गर्न प्रोत्साहित गर्दछ। वित्तीय साक्षरता भएका व्यक्तिहरूले ऋणको सही उपयोग र चुकाउने क्षमताबारे सोच्न सक्छन्, जसले गर्दा उनीहरूले अत्यधिक ऋणमा नपर्न र वित्तीय संकटबाट बच्न सक्छन्। यसका साथै, उनीहरूले खर्चको प्राथमिकता निर्धारण गर्न र आवश्यकताबाहेकको खर्चबाट बच्न पनि सक्षम हुन्छन् ।
साथै, वित्तीय साक्षरताका व्यक्तिहरूलाई राम्रो लगानी निर्णय गर्न मद्दत गर्छ। उनीहरूले विभिन्न लगानीका विकल्पहरूको मूल्याङ्कन गर्न, जोखिम र लाभको तुलना गर्न र दीर्घकालीन वित्तीय लक्ष्यहरूलाई ध्यानमा राखेर निर्णय गर्न सक्छन् । यसरी, उनीहरूको सम्पत्ति र सम्पूर्ण आर्थिक स्थिति बलियो हुन्छ । वित्तीय साक्षरता आर्थिक लचिलोपनमा पनि महत्वपूर्ण भूमिका खेल्दछ ।
वित्तीय रूपले सक्षम व्यक्तिहरूले आर्थीक संकटको समयमा पनि सजिलै सामना गर्न सक्छन्, र उनीहरूको दैनिकीमा स्थिरता ल्याउँछ। यसैले, वित्तीय साक्षरता न केवल व्यक्तिगत स्तरमा, तर समग्र अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण छ । नेपालमा वित्तीय साक्षरतामा विभिन्न चुनौतीहरू र अवरोधहरू छन् ।
पहिलो, सूचना पहुँचको कमीले धेरै व्यक्तिहरूलाई वित्तीय ज्ञान हासिल गर्न कठिनाइ उत्पन्न गर्दछ । ग्रामीण क्षेत्रमा रहेका मानिसहरूले वित्तीय सेवाहरूको बारेमा पर्याप्त जानकारी पाउँदैनन्, जसले उनीहरूको वित्तीय निर्णय क्षमतामा कमी ल्याउँछ । दोस्रो, नेपालको विद्यालय र कलेजका पाठ्यक्रममा वित्तीय शिक्षा को कमी छ, जसले युवाहरूलाई वित्तीय साक्षर बनाउनमा चाहिए जतिको भुमिका खेल्न सकेको छैन ।
नेपालमा वित्तीय साक्षरतामा सुधार गर्नका लागि विभिन्न व्यावहारिक सुझाव र कदमहरू अवलम्बन गर्न सकिन्छ। पहिलो, व्यक्तिगत स्तरमा, व्यक्तिहरूले वित्तीय विषयमा पुस्तक, लेख, र अनलाइन स्रोतहरूको अध्ययन गरेर आफूलाई साक्षर बनाउन सक्छन् । दोस्रो, सामुदायिक स्तरमा, स्थानीय संघ–संस्थाहरू तथा केन्द्रिय बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय शिक्षा जनचेतना लगायतका क्रियाकलापहरु आयोजना गर्न सक्छन्, जसले व्यक्तिहरूलाई वित्तीय योजना, बचत, र लगानीका बारेमा ज्ञान दिन्छ ।
सरकारी तहमा, सरकारले विद्यालयका पाठ्यक्रममा वित्तीय शिक्षा समावेश गर्नुपर्छ र विभिन्न जनसम्पर्क कार्यक्रममार्फत जनतालाई वित्तीय सेवाहरूको महत्व र उपलब्धता बारेमा जानकारी दिनुपर्छ । बैंक र वित्तीय संस्थाहरूले पनि सुलभ र सरल वित्तीय उत्पादनहरूको विकास गर्नुपर्छ र यसका लागि विशेष जनसंख्यालाई लक्षित कार्यक्रमहरू चलाउनुपर्छ।
यसरी, व्यक्तिहरू, समुदायहरू, र सरकारको संयुक्त प्रयासले नेपालमा वित्तीय साक्षरतामा महत्वपूर्ण सुधार ल्याउन सक्छ । विद्यालय, कलेज, मिडिया, बैंक, र वित्तीय संस्थाहरू वित्तीय शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् । विद्यालय र कलेजहरूले छात्रहरूलाई वित्तीय ज्ञान र साक्षरता प्रदान गर्ने पाठ्यक्रमहरू समावेश गर्नुपर्छ, जसले उनीहरूको भविष्यको आर्थिक निर्णय क्षमतालाई बलियो बनाउँछ।
मिडियाले वित्तीय शिक्षा सम्बन्धी सूचना र कार्यक्रमहरू प्रस्तुत गरेर जनतालाई साक्षर बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले वित्तीय विषयमा चर्चा हुनुका साथै जागरूकता पनि बढाउँछ । बैंक र वित्तीय संस्थाहरूले सुलभ र सरल वित्तीय उत्पादनहरूको प्रस्ताव गर्दै, ग्राहकहरूको वित्तीय ज्ञानमा वृद्धि गर्न सहयोग गर्न सक्छन् ।
उनीहरूले ग्राहकहरूका लागि वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेर सही निर्णय लिन मद्दत गर्नुपर्छ । केन्द्रीय बैंकको भूमिका पनि महत्त्वपूर्ण छ। केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई वित्तीय शिक्षा र साक्षरतामा आवश्यक दिशा–निर्देश र अनुगमन गर्नुपर्छ । यसले वाणिज्य बैंकहरू र वित्तीय संस्थाहरूमा वित्तीय साक्षरताको स्तर सुधार्नमा बाध्य पार्छ ।
यसरी, विभिन्न संस्थाहरूको सामूहिक प्रयासले वित्तीय शिक्षा प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्न सक्छ । आर्थिक समावेशीकरण, डिजिटल साक्षरता, र सबैको लागि आर्थिक स्रोतहरू पहुँचयोग्य बनाउन अत्यन्त महत्त्वपूर्ण छ, विशेषगरी महिला, युवाहरू, र ग्रामीण जनसंख्याका लागि। आर्थिक समावेशीकरणले सबै व्यक्तिलाई वित्तीय सेवाहरूको पहुँच दिलाउँछ, जसले तिनीहरूको आर्थिक सशक्तीकरणमा मद्दत पुर्याउँछ ।
महिलाहरू र युवाहरूलाई वित्तीय साधनहरूको पहुँचले तिनीहरूलाई व्यवसाय खोल्न, शिक्षा र स्वास्थ्य सेवामा लगानी गर्न, र जीवन स्तर सुधार्न मद्दत गर्दछ । साथै, डिजिटल साक्षरताले इलेक्ट्रोनिक माध्यमबाट वित्तीय सेवाहरूको उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा ग्रामीण समुदायहरूमा पनि वित्तीय समावेशीकरणको प्रक्रिया तीव्र बनाउँछ।
यसरी, सबैको लागि वित्तीय स्रोतहरू पहुँचयोग्य बनाउँदा, देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्छ र समग्र समाजमा समृद्धि ल्याउँछ । वित्तीय साक्षरताको कमि एउटा सामान्य मानिस सङ्गसंगै साना, मझौला र ठूला–ठूला ब्यापारीहरु समेत सामना गर्ने गर्छन् । तर, यस्ता ब्यापार र ब्यपारीहरुले सामना गर्ने वित्तीय समस्याको अवस्थाहरु अलि फरक प्रकृतिका हुन्छन् ।
यस सम्बन्धमा योजना बनाउने, निगरानी गर्ने, सल्लाह दिने काम चाहि मुख्यतः अर्थशास्त्र अथवा वित्त पढेको मान्छे र अनुभव भएको मान्छे चाहिन्छ । यो सेवा भनी नभनी अहिलेका बैंकहरुले दिन्छन् अथवा दिन सक्छन। तर, ब्यापार र यसको परिमाणको अवस्था हेरि एउटा बिशेषज्ञ लाई नियुक्त पनि गर्न सकिन्छ । जुन कुरा नेपालमा धेरै प्रेकटिसमा छैन।
र मुख्यतः यसकै कारण धेरै जसो ब्यापारहरुको टाट पल्टिने अवस्था आएको छ र बन्द पनि भएका छन। साना साना ब्यपारीहरुको सन्दर्भमा एउटा मुख्य समस्या भनेको ब्यापारीक आर्थिक कारोबार र निजि अथवा पारिवारिक कारोबारहरुलाई छुट्याएर काम नगर्नु हो । यसलाई Business Entity Concept भनिन्छ । र यो पाल्ना नगर्दा अनेकौ आर्थिक समस्याहरु आउन सक्छ ।
देशमा रहेको Deficit Sector आवश्यकता भन्दा बढी पैसा भएको क्षेत्रबाट Surplus Sector अर्थात पैसा चाहिने क्षेत्रमा लगानी गर्ने पुलको भूमिकालगायत अन्य वित्तीय सल्लाह र अन्य दर्जनौं वित्तीय सेवाहरु दिने कानुन द्वारा मान्यता प्राप्त धेरै प्रशस्त बैंक तथा वित्तीय संस्थाहरु हुँदाहुँदै सामान्य बैंकको ब्याजदर दिने हिसाबले बैंक बाटै कारोबार नगर्नु र चर्को ब्याजदरमा अनौपचारिक तरिकाले लेनदेनको कारोबार किन नगरेका होलान् ? स्रोत साधन सङ्ग मिलेको योजना, आवश्यक ब्यवस्थापकिय ज्ञान, कानुनी ज्ञान आदि कुराको अभाव भनेर बुझ्नु पर्दछ जुन कि वित्तीय साक्षरताको अभाव नै हो।
यसमा कतिपयको बैंक तथा वित्तीय संस्थाहरु बाट ऋण लिने सहज प्रक्रिया छैन भन्न सक्नेछन् । तर, बैंक तथा वित्तीय संस्थाहरु पनि नियामक संस्था नेपाल राष्ट्र बैंक छ जुन उदेश्यनै देश र जनताको दिगो आर्थिक बिकास हो। जस अन्तर्गत केही निश्चित निर्देशिका बनाइएका हुन्छन् र कर्जा लगानी तथा अन्य वित्तीय सेवा बैंक तथा वित्तीय संस्थाहरुले मनपरी नगरी सम्बन्धित केन्द्रिय बैंकको निर्देशन र अन्य प्रचलित कानुन बमोजिम गर्नै पर्ने हुन्छ।
धितो वा बिना धितोको सानो ठुलो गरि विभिन्न प्राथामिकता क्षेत्र र समूह, वा व्यक्ति जस्तै कि कृषि, उद्योग, उर्जा, बिपन्न बर्ग, पर्यटन, महिला सशक्तिकरण आदि लाई दिइने गरिन्छ । देशको आवश्यकता अनुरुप राष्ट्र बैंकले नीति, नियम, निर्देशन, सुपरिवेक्षण आदि कामहरु गरिरहेको हुन्छ। अर्थात बैंक तथा वित्तीय संस्थाहरुले जथाभावी अथवा मनपरी गर्न पाएनन् ।
यसबाट के स्पष्ट हुन्छ कि नीति नियम सगत कसैले कर्जा लिएर आफ्नो ब्यक्तिगत अथवा ब्यवसायिक उदेश्य पुरा गर्न चाहन्छ भने मिल्छ गर्न सक्छ र सजिलै गर्न पाउछ। तर, Eligibility नै नपुर्याई स्पष्ट उदेश्यनै नराखी कसैले कर्जा उपभोग गर्न चाहन्छ भने त्यो अलिक मिल्दैन र फलस्वरूप मिटर ब्याज अर्थात अनौपचारिक बन्किङ्ग माध्यममा जान्छ र फस्छ ।
पछिल्लो समयमा सरकारले केही नीतिहरु जारी गरे सँगै यस्ता अनौपचारिक लेनदेन हरु केहि हदसम्म कम भएको देखिएको छ । यदि वित्तीय साक्षरता र सम्पत्ति कमाउनु जोगाउनुको बारेमा अझ छोटकरीमा बुझ्नेहो भने हिन्दीमा भनिने एउटा उखान बाट झन बढी प्रष्ट हुन सकिन्छ ।
‘निर्धन गिरे पहाड से कोइ पुछे ना हाल, धनीको काटा लगे पुछे लोग हजार’ यस बाट के प्रष्ट हुन्छ, कि तपाईले आफ्नो अस्तित्वको मात्र भएपनि आर्थिक रुपले समृद्ध हुनै पर्छ जस्को चाबी वित्तीय साक्षरता नै हो । तसर्थ, ब्यक्तिगत जीवन होस अथवा कुनै ब्यापारिक जीवन वित्तीय साक्षरता अपरिहार्य तत्व हो ।
लेखक : हिमालयन बैंकमा कार्यरत छन्।