• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस प्रदेश सरकारको सय दिन : काम भन्दा योजना बढी, जम्मा चारवटा विधेयक पारित

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ आश्विन १०, बिहीबार ०८:३८ गते
मधेस प्रदेश सरकारको सय दिन : काम भन्दा योजना बढी, जम्मा चारवटा विधेयक पारित
0
SHARES
5
VIEWS

 वीरगञ्ज । जनमत पार्टीको नेतृत्वमा गठन भएको मधेस प्रदेश सरकारको सय दिन पूरा भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार एकसय दिनको प्रदेश सरकारको काम सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको एकसय दिनको उपलब्धिमा काम भन्दा योजना बढी देखाएका छन् । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले सार्वजनिक गरेको सरकारले सय दिनको अवधिमा ४ वटा विधेयक मात्रै पारित गरेको छ ।

ADVERTISEMENT

मधेश प्रदेशसभाबाट सालवाशी विधेयक बाहेक प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा बनेका विधेयक र प्रदेश यातायात तथा सवारी व्यवस्थापन विधेयक गरी चारवटा विधेयक पारित गरेको जनाएको छ ।

केही अत्यावश्यक र महत्वपूर्ण विधेयकहरू प्रदेशसभाका विभिन्न विषयगत समितिमा छलफलमा रहेका र केही विधेयकको मस्यौदा तयार भई प्रदेशसभामा पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रदेश वन ऐन लगायत विभिन्न ऐन संशोधनका लागि मस्यौदा तयार भइसकेको, केही ऐनका नियमावली मस्यौदा अन्तिम चरणमा रहेको र सरकारले गर्ने कामकाजसँग सम्बन्धित कार्यविधि, निर्देशिका तथा मापदण्डहरू बनाउने काम पुरा भइसकेको बताए ।

राजनीतिक आस्थाको आधारमा नियुक्ति गरिने प्रदेशका आयोगहरुमा नियुक्ति गरेर आयोगलाई पूर्णता दिएको मुख्यमन्त्री सिँहले उपलब्धि मानेका छन् । विभिन्न आयोगहरुमा क्षमता र सक्षमताका आधारमा व्यावसायिक व्यक्तिहरूलाई नियुक्त गरिएको र लामो समयदेखि थाँती रहेको बढुवा नियुक्ति, कर्मचारीको रुची, योग्यता, दक्षता अनुभव र तालिमलाई प्राथमिकतामा राखी.तिनीहरूको उत्प्रेरणा र मनोवल अभिवृद्धि गर्ने किसिमले सरुवा व्यवस्थापन भइरहेको उल्लेख गरेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस अध्ययन अध्यापन अनुमति दिइएको र चिकित्सासेवा आयोगले प्रतिष्ठानमा एमबिबिएस पठन पाठनका लागि ५० सिट स्वीकृत गरेको भन्दै एमबिबिएस लगायत जन तथा चिकित्सा शिक्षा सञ्चालन गर्न स्रोत सुनिश्चित गरी प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा तीन सय बेड थप गरिएको बताए । उनले प्रादेशिक अस्पतालबाट प्रवाह हुने सेवा विशिष्टीकृत तथा गुणस्तरीय हुनेपनि दावी गरेका छन् ।

मुख्यमन्त्री सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न शैक्षिक पार्क बनाउने प्रक्रिया अघि बढाइएको बताउदै यस्तो पार्क मधेश प्रदेशका आठवटै जिल्लामा क्रमिक रूपमा एक–एक वटा स्थापना गर्ने सरकारको योजना रहेको बताए । किसानकै मुद्दा उठाएर मधेसको राजनीतिमा उदायको जनमत नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री सिंहले कृषिक्षेत्रको योजना नै योजना सार्वजनिक गरेका छन् ।

कृषिक्षेत्रसँग सम्बद्ध सूचना विस्तृत र सरल ढंगले किसानसम्म पु¥याउन, प्रदेश सरकारका कृषिसम्बन्धी नीति र कार्ययोजनामा किसानको पहुँच बढाउन, कृषि प्राविधिक र किसानबीच समन्वयकर्ता कायम गर्न, माटो परीक्षणको उपादेयता र विषादीका प्रभावबारे किसानलाई जानकारी गराउन र महामारीका विषयमा सम्बन्धित निकायसम्म समयमै सूचना पुर्‍याउन कृषिक्षेत्रमा भुइँतहका सम्भावना र समस्या पहिचान गर्न कृषि क्षेत्रमा महिला स्वयंसेविका परिचालन गर्ने योजना अघि बढाइएको बताए ।

Advertisment Advertisment Advertisment

कमला नदीको उकासका जग्गामा कृषिलगायतका कार्यमा अधिकतम उपयोग गरी त्यसमा आश्रित किसानको जीवनस्तर उकास्ने उद्देश्यले एकीकृत कृषि विकास परियोजनाका लागि डिपिआर तयारी भइरहेको जानकारी दिए ।

पशु बीमा, निर्वाचन क्षेत्र लक्षित कृषि विद्युतीकरण कार्यक्रम, कृषि उत्कृष्टता केन्द्र, हरेक पालिका एक एग्रोभेट कार्यक्रम, प्रारम्भिक मल वितरण कार्यक्रम र मन्डीसँगै १६ ठाउँमा शीतभण्डार, भेटेनरी एम्बुलेन्स, भेटेनरी अस्पताल लगायतका महत्वपूर्ण योजना अघि बढेको पनि जानकारी गराए ।

मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारबाट फर्केका नागरिकलाई स्वरोजगार कार्यक्रम, स्टार्टअप अनुदान, लघुउद्यम प्रवद्र्धन कार्यक्रम, मधेश वैदेशिक रोजगारी उद्दार केन्द्र स्थापना, आप्रवासनसम्बन्धी डिजिटल प्रोफाइलिङ्ग, मुख्यमन्त्री रोजगार कार्यक्रम, तालिमसहितको स्वरोजगार कार्यक्रमका लागि अवधारणापत्र बनाई कार्यविधि तर्जुमा गरिएको बताए ।

मुख्यमन्त्री सिँहले प्रदेश सरकारले अन्तर्राष्ट्रिय रामजानकी क्रिकेट रङ्गशालाका लागि अवधारणात्मक संरचना तयार भई डिपिआर तयार हुने क्रममा रहेको र दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने कार्य अगाडि बढाएको बताए । उनले प्रदेशभरिका सक्रिय पत्रकारका लागि एक लाखको स्वास्थ्य बिमा र सात लाखको दुर्घटना बिमाको काम अघि बढाइएको बताए ।

एसियाली विकास बैंकको ऋण सहायतामा सिँचाइ आधुनिकीकरण प्रवद्र्धन आयोजना अन्तर्गत विभिन्न उपआयोजनाहरूका लागि दुई अर्ब १९ करोड रकम बराबरको बोलपत्र आह्वान भएको जानकारी दिए । उनले बोलपत्र आह्वान गरिएका १५ वटा उपआयोजनाबाट मधेश प्रदेशको पाँच हजार सात सय ९८ हेक्टर भूभागमा थप सिँचाइ सुविधा पुग्ने पनि उल्लेख गरे ।

मुद्दा अनुसन्धान तहकिकात र दायर गर्ने व्यवस्था गर्न प्रदेश वन ऐन २०७७ मा संशोधन गर्न सो ऐनको संशोधन मस्यौदा तयार भई अन्तिम चरणमा पुगेको मुख्यमन्त्री सिँहले जानकारी दिए ।

प्रदेशका विभिन्न ठाउँमा अतिक्रमित वनक्षेत्रको पहिचान गरी अतिक्रमणमुक्त बनाउने र त्यस ठाउँमा वृक्षरोपण गर्ने बृहत् कार्यको थालनी भइसकेको भन्दै उनले चुरे, भावर तथा तराई क्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधता संरक्षणलगायतका कार्यलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन प्रदेशका थप दुई ठाउँहरूमा भू तथा जलाधार कार्यालय स्थापना गरिएको बताए ।

प्रदेश रजिष्ट्रार कार्यालयको स्थापना भएको र त्यसबाट प्रदेशमा हस्तान्तरण भएर आएका करिब आठ सय सहकारीहरूको परिचालन, अनुगमन र नियमन हुने जानकारी दिए । स्थानीय तहबाट मधेश प्रदेश सरकार मातहत हस्तान्तरण भई आएका चारवटा अस्पतालहरू सर्लाहीको धनकौल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया अहिले सञ्चालन हुने अन्तिम तयारीमा रहेको पनि मुख्यमन्त्री सिँहले बताए ।

विभिन्न स्वास्थ्य संस्थामा पठाउन चार सयभन्दा वढी दरबन्दी सिर्जना भएको भन्दै उनले स्वास्थ्य संस्थाका लागि थप विषयगत दरबन्दी सिर्जना तथा स्रोत सुनिश्चितताको कार्य अगाडि बढाइएको जानकारी दिए ।

प्रादेशिक स्वास्थ्य नीति निर्माण तथा प्रादेशिक आपूर्ति शृंखला निर्देशिका तयार गर्ने कार्य अन्तिम चरणमा रहेको र स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाको आयामहरू बढाउन कार्यविधि, निर्देशिका र मापदण्डहरू तयार गर्ने काम अघि बढाइएको उनले जानकारी दिए ।

उनले शिक्षा नीति तथा नमुना विद्यालय विकास तथा सञ्चालन निर्देशिकाको कामसमे अन्तिम चरणमा पुगेको बताए ।
लागुऔषध दुव्र्यसनमुक्त युवा अभियानका लागि प्रदेश सरकारले अवधारणापत्र तयार गरी कार्यविधि तर्जुमा गरिरहेको भन्दै यसअवधिमा महोत्तरीको गौशालामा सुधार केन्द्र बनाइएको बताए ।

सशर्त अनुदान वितरणमा देखिएका बेथिति नियन्त्रण गर्न सरकारले प्रत्येक महानगरपालिकालाई रु १ करोड ७५ लाख, प्रत्येक उपमहानगरपालिकालाई रु १ करोड २५ लाख, प्रत्येक नगरपालिकालाई रु ९५ लाख र प्रत्येक गाउँपालिकालाई रु ८० लाखका दरले सशर्त अनुदान समयमै प्रदान गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैैँकको सहयोगमा धनुषाको हँसपुर नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिकालाई पक्की सडक सञ्जालसँग जोड्न २५ किलोमिटर प्रादेशिक कालोपत्रे सडकका लागि बोलपत्र आह्वान भएको पनि मुख्यमन्त्री सिँहले बताए । मुख्यमन्त्री सिँहले सार्वजनिक तथा निजी क्षेत्रबीचको साझेदारीका लागि समेत कार्यविधि बनिसकेको बताए ।

Previous Post

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि हुदै

Next Post

चालू आर्थिक बर्षको एक महिनामै झण्डै १ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In